FLASH NEWS
  • Loading...

पानी केही दिन पर्ने, केही ठाउँमा बाढीको सम्भावना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३६ पटक पढिएको
पानी केही दिन पर्ने, केही ठाउँमा बाढीको सम्भावना

आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै स्थानमा र गण्डकी, बागमती, प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना छ।

स्थानीय वायु सक्रिय भएको र बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कारण अझै केही दिन वर्षात् हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
नेपाल बाढी सूचनाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै स्थानमा र गण्डकी, बागमती, प्रदेश १ र २ का केही स्थानमा पानी पर्ने सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ का धेरै नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केही स-साना नदीमा आकस्मिक बाढी आउनसक्‍ने भन्दै सचेत गराइएको छ।
मौसम पूर्वानुमान महाशाखाले २४ घण्‍टाको मौसमको अनुमान गर्दै देशका केही स्थानमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

हाल देशको पूर्वी भू-भागमा पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा सामान्य वदली रहेको छ।देशका मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।
Nepal Flood Alert! नेपाल बाढी सूचना!
बैशाख २२,८ बजे हाल पश्चिम राप्ती,बबई र यसका सहायक नदी जलाधारमा मध्यम बर्षा भईरहेकोले नदीमा जलसतह १ मिटर भन्दा धेरै बढ्न सक्ने,प्रदेश ५ को तराई र चुरे भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने,नदी तटिय क्षेत्रमा गर्नु पर्ने कार्यहरू उच्च सतर्कता साथ गरौ