- Loading...
रौतहटका २ सहित कोरोना संक्रमितको संख्या ५४
- पुनहिल डट कम
- ४ साल अघि
- ३०७ पटक पढिएको

मंगलबार रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । रौतहट जिल्ला स्वास्थ्य का प्रमुख महेश साहका अनुसार उनीहरु दुवै जनाको काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना भाइरस पुष्टि भएको हो ।
संक्रमितमध्ये वृन्दावन भुसहाका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । पछि उनको र्यापिड डाइग्नोस्टिक टेष्टमा नतिजा नेगेटभ देखिएपछि घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
स्थानीय देवाही गोनाही १ का संक्रमित ३५ वर्षीय पुरुष भने अहिले पनि क्वारेन्टाइनमै थिए । काठमाडौंबाट आएको टोलीले रौतहटका ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनामा पोजेटिभ देखिएको हो ।
रौतहटमा आज भेटिएका २ संक्रमितसहित नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । उपचारबाट निको भई घर फर्कनेको संख्या १६ रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
