- Loading...
पुर्ख्यौली थलोमा एकान्तबास
- पुनहिल डट कम
- ४ साल अघि
- २२१ पटक पढिएको
लकडाउनले सहरमा एक महिनामै चुल्हो वाल्न मुस्किल भएपछि गाडीबाट धमाधम सजिलो खोज्न पुख्यौली थलो फर्केका आफन्तलाई नै गाउँलेले क्वारिन्टीन (एकान्तबास)मा राखिदिएका छन ।
कोभिड–१९ जिल्ला कमाण्ड पोष्टले जिल्ला भित्रिएकाको अभिलेख राख्दै सम्बन्धित गाउँपालिकासँग समवन्यय गरी गाडीमा सोझै स्थानीय क्वारिन्टीनमा पठाएको हो । कोरना भाईरस रोकथामकालागी गरिएको लकडागउनपछि सहरी क्षेत्रको ब्यवसाय वन्द भएकोले पुख्यौली थलोमा फर्केका हुन । धौलागिरी गापामा लुकेर गाउँपसेकालाई स्थानीय युवा क्लवले समाएर क्वारिन्टाईनमा राखेका छन ।
ब्यवसाय, अध्ययन, रोजगारी र मजदुरीकालगी राजधानीमा बसेकाहरु लामो लकडाउनले समस्यामा फस्दै गएपछि स्थानीय सरकार (गापा/नपा), जिल्ला प्रशासन र प्रहरीसँग समवन्यय गरी घर फर्केका हुन । कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको अभिलेख अनुसार विहिवार र शुक्रवाससम्म काठमाण्डौबाट एक सय ६० जना जिल्ला भित्रिएका छन । रातीराती जिल्ला सीमानासम्म गाडीमा आई भागेर गाउँ छिरेका २४ जनालाई होम क्वारिन्टीनमा बसेका छन । बाँकी १० जनाको खोजी भैरहेको छ ।
‘लकडाउनको २८–३० औं दिन राजधानीबाट जसरी मान्छेलाई बाहिर पठाईयो । यहाँपनि पुख्यौली थलो पर्कने र जिल्ला छोड्न चाहनेको चर्को दवाव आयो । नठिक भयो’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘स्वाट्टै मान्छे छोडौं महिनौंसम्म गरिएको लकडाउन र सामाजिक दुरी कायम गर्न गरिएको प्रयास निर्थक होला भन्ने डर, नदिऔं काखेवालवच्चा च्यापेर घरको आगनमा उभिएका छन, पिंढीमा पनि कसरी नभित्राउँ । गाउँपालिकालाई झन समस्या बन्यो ।’
अभिलेख अनुसार अहिले सवैभन्दा धेरै दुर्गम धौलागिरी गाउँपालिकामा काठमाण्डौबाट फर्केका ८५ जना र अन्यत्रबाट आएका १३ समेत ९८ जनालाई विभिन्न ८ वटा वस्तीमा रहेका विद्यालयहरुमा निर्माण गरिएका क्वारिन्टीनमा राखिएको छ । त्यसैगरी रघुगंगामा बुटवलबाट आएका १३ समेत १६ जना, मालिका गापामा १० जना, मंगला गापामा १९ जना र अन्नपूर्ण गाउँपालिकामा ३ जनालाई क्वारिन्टीनमा रहेका छन । काठमाण्डौमा रहेका थप ९० जना पुख्यौली थलो फर्कन स्थानीय सरकारको अनुमति पर्खेर बसेका छन ।
राजनैतिक पहुँचको आधारमा लकडाउनका वेला गाडी रिजर्भ गरी गाउँ फर्केका आर्थिक रुपमा शहरिया मध्यम बर्गका उनीहरुले स्थानीय सरकारलाई अटेर गरेको जनप्रतिनिधीले गुनासो गर्न थालेको बुझिएको छ ।
‘हाम्रो समवन्ययमा आएका ८३ जना र लुकेर आएका ८ जना क्वारिन्टीनमा राखेका छौं । नुनतेल, दालचामल गाउँपालिकाले उपलब्ध गराउँछ, बाँकी तरकारी, खाजा र ब्यक्तिगत सरसफाईका सामाग्री आफैले ब्यवस्था गर्नु पर्छ’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘गाउँपालिकाले ब्यवस्था यस अघि नै ब्यवस्था गरेको ५० बेड पनि छ । बाँकीले क्वारिन्टीनमा बस्ने आफैले ओढ्नेओछ्याउने ल्याउँछन । बसेका मिलेर छुट्टै मेस चलाएर खाना बनाउँछन । अनुसासन कायम गर्न प्रत्यक क्वारिन्टीन केन्द्रमा दुई जना कर्मचारी खटाएका छौं ।’
सहरबाट जिल्ला फर्केनेको मात्र होईन यहाँका विभिन्न योजना/आयोजनामा कार्यरत सयौं मजदुरहरुको घर फर्कनेको भीड पनि उस्तै छ । प्रशासनको अभिखेल अनुसार म्याग्दीबाट वुधवार–शुक्रवारसम्म करिव ६ सय मजदुरले जिल्ला छोडेका छन ।
घर फर्कनेमा केही पाल्पा, काठमाण्डौ बाहेक रोल्पा, रुकुम, सल्यान, जाजरकोट, सुर्खेत, दाङ्ग, बाँके, बर्दिया, कैलाली क्षेत्रका छन ।
‘लकडाउन छ, गाडी चलेको छैन मजदुरहरु बसेका थिए । पूर्वाधार निर्माणका काम सूचारु थिए । तर काठमाण्डौबाट भीड लागेर मान्छे जिल्ला फर्केको देखेपछि यहाँका मजदुरहरु पनि धमाधम काम छोडेर घर फर्कन हतारिए’ सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘तीन दिनमा करिव ७ सय मजदुरले जिल्ला छोड्ने अनुमति दियौं ।’