- Loading...
योजनावद्ध थियो डा. पुनलाई टेकु अस्पतालबाट हटाउने प्रयास
- पुनहिल डट कम
- ५ साल अघि
- १५९ पटक पढिएको

संक्रामक रोग सम्बन्धमा जापानबाट पीएचडी गरेका पुनलाई टेकु अस्पतालबाट अलग गराउने श्रृंखला हिजो-आज आएर विकास भएको होइन। बढी ‘सेलिब्रेटी’ बन्न खोजेको भन्दै उनलाई हटाउन मन्त्रालयका केही अधिकारी पहिलेदेखि नै लागेका थिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले १० दिनअघि देखापढीसँग भनेका थिए, “म अलि फरक तरिकाबाट सोच्ने व्यक्ति हो। कोरोना भाइरसमा पनि मेरो धारणा अलि फरक छ। आत्तिने भन्दा पनि सावधानि हुनु नै अहिलेको उत्तम उपाय हो। त्यही भएर व्यक्ति-व्यक्तिलाई यसबारे सचेत गराउनुपर्छ।”
“तर मेरा यस्तो विचार कसैले यहाँ मन पराउँदैनन्। सबैले मलाई उल्टो खेद्छन्। काम गर्नेको कदर नै छैन”, पुनको यो भनाइले आफ्नै साथीभाइ र विभागीय प्रमुखहरूबाट साथ नपाएको गुनासो स्पष्ट झल्किन्थ्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै डाक्टरलाई अहिले अस्पताल छाडेर हाजिर हुन डाकेको छ।
कोभिड-१९ विरुद्धको महामारीमा खटिएका डाक्टरलाई मन्त्रालयको जगेडामा तानेर संकटको यो बेला समग्र चिकित्सक क्षेत्रको मनोबलमा चोट पुर्याएको टिप्पणी हुन थालेको छ।
स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाका एक अधिकारीका अनुसार मन्त्रालयका उच्च तहका प्रशासकहरू नै यसमा संलग्न छन्।
“मन्त्रालयमा एउटा गिरोह नै छ। जो बेलाबेलामा अनेक फण्डा झिकेर विवादमा तान्न खोज्छ”, ती अधिकारीले देखापढीसँग भने, “पुनमाथिको कारवाहीबारे मन्त्रीलाई नै गुमराहमा पारिएको छ। यो बेला मन्त्रीलाई यस्ता झिनामसिना कुरामा अल्झिने फुर्सद पो कहाँ छ र।”
“एकजना कर्मचारीको पछाडि लागेर बाहिर भनिए जसरी मन्त्रीले चासो राख्ने विषय सरासर झुटको खेती सिवाय केही होइन।” स्वास्थ्यमन्त्री निकटस्थत स्रोत भन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलये हिजो, ६ वैशाखमा आफ्नो फेसबुक पेजमा डा. पुनलाई मन्त्रालयमा बोलाइएकोमा स्वास्थ्यमन्त्रीको नाम मुछिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
संक्रामक रोग सम्बन्धमा जापानबाट पीएचडी गरेका पुनलाई टेकु अस्पतालबाट अलग गराउने श्रृ्ंखला हिजो-आज आएर विकास भएको होइन।
सरुवा रोग अस्पतालका एक अधिकारीका अनुसार डा. वासुदेव पाण्डे निर्देशक हुँदादेखि नै पुनलाई पन्छाउन खोजेका थिए।
स्पष्ट अभिव्यक्ति दिने र बढी ‘सेलिब्रेटी’ बन्न खोजेको भन्दै उनलाई हटाउन मन्त्रालयका केही अधिकारी र पाण्डेको साँठगाँठ शुरू भइसकेको थियो।
“मौकाको पर्खाइमा थिए। अहिले कोभिड-१९ को संकटमा बढी जान्ने भएर जथाभावी बोलेको निहुँ पारेर गलहत्याइ छाडे”, अस्पताल स्रोत बताउँछ।
मन्त्रालयले भने कोरोना भाइरस संक्रमणको उपचारका सन्दर्भमा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता अनुसार जहाँ पनि खटाउन सक्ने भन्दै त्यसका लागि शतप्रतिशत भत्ता र वीमा व्यवस्थासमेत गरेको भनेर पुनमाथि गरिएको कारवाहीको बचाउ गरेको छ। देखापढीबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
