FLASH NEWS
  • Loading...

म्याग्दीका सहरउन्मुख वस्तीमा क्लोरिन छर्दै निर्माण ब्यवसायी जिसी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४१ पटक पढिएको
म्याग्दीका सहरउन्मुख वस्तीमा क्लोरिन छर्दै निर्माण ब्यवसायी जिसी

कोरना भाईरस संक्रमणको माहामारी रोक्न यहाँका एक युवा ब्यवसायीले सदरमुकाम बेनी समेत जिल्लाका साना सहरउन्मुख वस्तीमा क्लोरिन छर्किएका छन । यसरी छर्किको क्लोरिनले जमिनको सतहलाई निर्मलीकरण गर्ने हुँदा कोरना भाईरस तथा अन्य रोगका जीवाणी फैलनबाट रोक्छ ।
निर्माण ब्यवसायी संघका अध्यक्ष समेत रहेका युवा ब्यवसायी नारायण जिसीले क्लोरिन लिएर वस्ती–वस्ती पुगेर क्लोरिन छर्किका हुन । क्लोरिन विषालु पदार्थ भएकोले प्राविधिकले शिफारिस गरे अनुसारको मात्रा मिलाई प्रहरीको रोहवरमा क्लोरिन छर्दै आएका छन । ७.५० हजार लिटर क्षममताको खानेपानीको ट्याङ्ढीमा छुट्टै जेनेरेटर र लामो स्प्रेसहितको पाईप जडान गरी क्लोरिन छर्केका हुन ।
जिसीले पछिल्लो एक सातामा सदरमुकाम बेनीका सडक, गल्ली, अस्पताल, विद्यालय क्षेत्र, प्रहरी, सेनाको ब्यारेक, गलेश्वर बजार तथा मन्दीर क्षेत्र, अथुङ्गे गाउँ, चुत्रेनी, सिङ्गा तातोपानी, मंगला गाउँपालिका केन्द्र बाबिायाचौर, रणवाङ्ग र मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ्ग बजारमा पुगेर क्लोरिन छर्केका हुन । क्लोरिन उपलब्ध भए रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको तिप्ल्याङ्ग, पोखरे, तातोपानी र दानासम्म छर्न स्थानीय तहबाट अनुरोध आएको जिसीले बताए ।
वस्तीका घर, आगन र बाटोमा रहन सक्ने कोरना भाईरस समेत ब्याक्टेरिया एवं जीवाणु मार्न र निर्मलीकरण गर्न प्रति एक हजार लिटर पानीमा ६ सय ग्राम क्लोरिन (६ केजी क्लोरिन पाउडर) मिलाएर छर्किईएको हो । बेनीमा वितरित खानेपानीमा भने प्रति हजार लिटर शुन्य दशमलव शुन्य एक प्रतिशत मात्र क्लोरिन मिसाउने गरिएको छ ।
‘क्लोरिन विषालु पदार्थ भएकोले हाम्रो पहुँच हुँदैन । समुदायको माग अनुसार प्रहरीको रोहवरमा, प्रहरीले नै पानी ट्याङ्ढीमा मात्रा मिलाएर क्लोरिन राखेपछि हामीले वस्तीमा पुगेर छर्केका हौं’ ब्यासायी जिसीले भने, ‘हामीले क्लोरिन बेनी खानेपानी उपभोक्ता संस्थाबाट लिएर हालेका हौं । क्लोरिनको खर्च भुक्तानी कसरी गर्ने टुँङ्गो भएको छैन ।’
त्यसैविच जिसीले काठमाण्डौ र बेनीका घरको चैत महिनाको घरभाडा नलिने घोषणा गरेका छन । काठमाण्डौमा रहेको ब्यवसायीक घरभाडा वापतको १ लाख र बेनीका घरको ३५ हजारगरी चैत महिनाको एक लाख ३५ हजार भाडा नलिने जनाएका हुन ।