FLASH NEWS
- Loading...
वीर अस्पतालमा दुईजनाको मृत्यु, दुबैको कोरोना परीक्षणका लागि स्याम्पल पठाइयो
- पुनहिल डट कम
- ४ साल अघि
- ९८ पटक पढिएको
काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।
एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ ।
त्यसैगरी एकजना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । दुबै जनाको मृत्युको कारण नखुलेको भए पनि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी गराए ।
उनका अनुसार मृतक युवती चन्द्रागिरि नगरपालिका–१५ बाट आएकी थिइन् । उनमा ज्वरो र निमोनिया देखिएको थियो भने अर्का युवक कालीमाटी क्षेत्रबाट आएका थिए । उनी केहीदिन अघि मात्रै भारतबाट आएको बताइएको छ ।
सेन्चुरीका अनुसार उनी भारतबाट आएको १४ दिन पनि पूरा भएको थिएन । 12khari
प्रतिक्रिया दिनुहोस