FLASH NEWS
  • Loading...

कोरना भाईरस संक्रमण प्रयासको सर्वसाधारले वेवास्ता, जनप्रतिनिधी वस्ती पुगेर विदेशबाट फर्केकाको अभिलेख खोज्दै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०७ पटक पढिएको
कोरना भाईरस संक्रमण प्रयासको सर्वसाधारले वेवास्ता, जनप्रतिनिधी वस्ती पुगेर विदेशबाट फर्केकाको अभिलेख खोज्दै

विश्वभर फैलिएको महामारी कोरना भाईरस (कोभिड–१९) को संक्राण रोक्न सरकार तथा स्थानीय प्रशासन सकृय भएपनि स्थानीयले भने वेवास्ता गरिरहेपछि मंगलवारदेखी ‘सेमी लक डाउन’ गरिने भएको छ ।

अति आवश्यक बाहेक सार्वजनिक, सामुदायीक तथा निजी सेवा वन्द गरी कोरना भाईरस संक्रमण रोक्न गरिएको प्रयास अझै खुकुलो भएपनि मंगलवार जिलका सवै स्थानीय तहका ९ वटा मुख्य स्थानमा एकिकृत श्वास्थ्य चेक पोष्ट खडागरी स्वास्थ्य परिक्षण गरिने भएको छ । त्यसैगरी औषधी, खाद्यान्न, ग्याँस समेतका अत्यावश्यक वस्तीको विक्री ब्यवस्थित गर्न अनुगमन बढाउने र सदरमुकाम समेतका बजार चैत ११ देखी १९ गतेसम्म दिउँसो १०–४ बजेसम्म मात्र खोल्ने गरी लक डाउन गरिने भएको छ ।

सहरबाट कोरना भाईरस संक्रमणको त्रासले गाउँ फर्केकाहरुले अझ वेवास्ता गर्दा गाउँवस्तीमा महामारीको त्रास र सरकारी प्रयास सामाजिक संञ्जालमा मात्र हो कि झै गरी वेवास्ता गरेका छन । सदरमुकाम समेत सवै साना बजारमा अन्य दिन जस्तै खुल्ला हिँडडुल, खरिदविक्रि र सवारी साधनहरुमा उस्तै भिडभाड देखिएको छ ।

जिल्लाका सवै ४५ वटै वडामा रहेका वडाध्यक्ष समेत ५ जना जनप्रतिनिधीको अगुवाईमा वडा सचिव, अन्य सेवा कार्यालयका कर्मचारी समेत परिचालन गरी हाल सालै विदेशबाट फर्केका नेपाली खोज्ने अभिलेख राख्ने र सेल्फ क्वारेन्टाईनमा राख्न लगाईने भएको छ । त्यसैगरी यहाँको रघुगंगा गाउँपालिका स्थित रहुघाट जलविधुत आयोजनामा कार्यरत भारतिय मजदुर घर विदामा भए काममा फर्कन र नयाँ मजदुर/कर्मचारी समेत काममा फर्कन रोक लगाईएको प्रशासन कार्यालले जनाएको छ । छ ।

‘दुरदराजका अशिक्षित सर्वसाधारणले मात्र होईन पढेलेखेका र शिक्षित सहरियाहरुले नै समस्याको गम्भीरतालाई बुझ्न नसकेको र हेलचक्राई गरेको देखिएपछि तत्काललाई सेमी लक डाउन गर्ने निर्णयमा पुगेका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘काम खोज्न वा भ्रमणमा आउने विदेशीलाई जिल्ला भित्रन पूर्ण निषेध गरेका छौं । यहाँका हाईड्रोमा कार्यरत तर घर विदामा गएका वा नयाँ भारतिय मजदुरलाई पनी जिल्ला भित्रन रोक लगाएका छौं ।’