FLASH NEWS
  • Loading...

भारत र चीनतर्फको सवै नाका बन्द गर्ने सरकारको निर्णय

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५१ पटक पढिएको
Post Thumbnail

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।
यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न५० करोडको कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उक्त कोषका लागिसबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ ।