- Loading...
मालिकाको रातढुंगामा दुई डोजरमा आगलागी
- पुनहिल डट कम
- ५ साल अघि
- १५५ पटक पढिएको

मालिका गाउँपालिका, ६ रातोढुङ्गामा अज्ञात समुहले गएराती १२ बजेतिर बेनी–दरवाङ्ग सडक स्तरउन्नत गर्ने काममा प्रयोग भएका जेसिभी र स्काभेटरमा आगोलागी गरेको छ ।
बेनी–दरबाङ सडकखण्ड अन्र्तगत बावियाचौरदेखि दरबाङ सम्मको सडक कालोपत्रे योजनामा परिचालित केराभान कन्सट्रक्सनको जेसीभि र स्काभेटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट जेसिभि पूर्ण रुपमा क्षति भएको छ । स्काभेटरको मध्ययम क्षति भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । म्याग्दी नदीको किनारमा पार्किङ गरि राखिएका दुबै डोजरमा आगलागी भएपछि प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको करिब साढे १ घण्टाको प्रयासपछि आगलागीलाई नियन्त्रणमा ल्याईएका थिए ।
‘डोजर र स्काभेटरमा विप्लव समुहमा आशंका गरिएपनि आगो कस्ले, कुन किन लगाएको हो खुलेको छैन । जे पनि हुन सक्छ । हामी विभिन्न कोणबाट अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी प्रमुख किरणजंग कुँवरले भने, ‘म्याग्दी खोलामै पटक–पटक डोजर, स्काभेटर र वसमा आक्रमण राजनैतिक संयोग मात्र नहुन सक्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
