- Loading...
घारको हल्लेखर्कमा सुख्खा पहिरो, यातायात अवरुद्ध
- पुनहिल डट कम
- ५ साल अघि
- १८५ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेवगरबाट माथी घार, शिखहुँदै पर्यटकीय वस्ती घोरेपानी जोड्ने सडकमा पर्ने हल्लेखर्कमा आईतवार साँझ ५ बजे सुख्खा पहिरो झर्दा यातायात अवरुद्ध भएको छ ।
अन्नपूर्ण गाउँपालिका, ६ घारको हल्लेखर्क स्थित घुम्तीमा सडक स्तर उन्नत गर्न शनिवार भिरालो खरवारी भएको पाखो डोजरले काटेपछि माथीबाट झरेको ठूलो सुख्खा पहिरोले पोखरे–घार–चित्रे–घोडेपानी सडकमा यातायात अवरुद्ध भएको हो ।
पहिरो स्थलमा रहेका स्थानीय श्याम प्रसाद खड्काका अनुसार पहिरोले सडकदेखी तल भएका गणेश खड्का, मेखबहादुर खड्का, फौदबहादुर बरुवाल समेत कम्तीमा ७ घर उच्च जोखमिमा परेका छन । सडकमा पहिरो झेपछि घार, शिख क्षेत्रमा पुगेका सवारी साधनहरु पनि माथी नै रोकिएका छन ।
अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस र कालोपत्रे सडक निर्माण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अर्न्तगत सडक स्तर उन्नत गर्ने काम भैरहेको छ ।
पोखरेवगर–घार–खिवाङ–शिख–चित्र १८।५ किमी सडक स्तर उन्नत गर्न ३६ करोड ६९ लाख ५८ हजार लागत अनुमान गरिएकोमा काठमाण्डौको मोतिदान/जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो । सडक स्तरोन्नती गर्दा ठेकदारले ढुङ्गामाटो काट्ने, ग्यावीन वाल लगाउने, मेसिनरी वाल लगाउने, ह्युमपाईप लगाउने, आरसीसि गर्ने, सव वेस/वेस र कालोपत्रे गर्ने स्टोन सोलिङ्ग र आरसिसी गर्ने कम गरिरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
