FLASH NEWS
  • Loading...

मगर विद्यार्थी संघको राष्ट्रिय भेला बेनीमा हुने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११९ पटक पढिएको
मगर विद्यार्थी संघको राष्ट्रिय भेला बेनीमा हुने

नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला आगामी फागुन २७ र २८ गते म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ ।

भेलामा सहभागी हुन देशभरबाट ६ सय ५० जना प्रतिनिधी, अतिथी र प्रर्यवेक्षकहरु सहभागी हुने आयोजक नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विष्णुकुमार थापाले आईतवार बेनीमा पत्रकार भेटघाट गरी जानकारी गराए ।

अध्यक्ष थापाका अनुसार विस्तारित भेला सम्पन्न गर्न प्रचार–प्रसार, आर्थिक तथा ब्यवस्थापन समेतका उपसमिति गठन भएका छन । भेलामा प्रशिक्षण बाहेक नृत्य, निवन्ध लेखन र वक्तृत्वकला समेतका रचनात्मक कार्यक्रम समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।