FLASH NEWS
- Loading...
ट्रम्पले देख्छन् भनेर धमाधम पर्खाल
- पुनहिल डट कम
- ५ साल अघि
- १८९ पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै महिना हुने भारत भ्रमणमा सुकुम्बासी बस्ती नदेखियोस् भनेर अहमदाबादमा धमाधम पर्खाल लगाइँदै छ ।
ट्रम्प दुईदिने भ्रमणका लागि फेब्रुअरी २४ मा भारत आउँदै छन् । ह्युस्टनमा गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हाउडी मोदी’ भन्दै स्वागत गरेका ट्रम्पको स्वागतमा अहमदाबाद रंगशालामा ‘केम छो ट्रम्प (हाउ आर यु, ट्रम्प) कार्यक्रम हुने तय गरिएको छ ।
कार्यक्रममा सहभागी हुन ट्रम्प हिँड्ने सडकखण्डमा पर्ने सुकुम्बासी बस्ती छोप्न पर्खाल लगाउन थालिएको हो । मंगलबार ह्वाइटहाउसमा नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै ट्रम्पले कार्यक्रममा हजारौं मानिस सहभागी हुने बताइसकेका छन् । पर्खालले आफ्ना घर छेकिने भएपछि सुकुम्बासी बस्तीमा बसोबास गर्नेले गरिबी छोप्न सरकारले करदाताको पैसा सखाप पारिरहेको आरोप लगाएका छन् ।
अहमदाबाद प्रधानमन्त्री मोदीको गृहनगर गुजरातको ठूलो सहर हो । ‘अहमदाबाद विमानस्थलबाट कार्यक्रमस्थल जाँदा ट्रम्पले सुकुम्बासी बस्ती नदेखूँन् भन्ने सरकार चाहन्छ,’ पर्खाल निर्माण गरिरहेका ठेकेदारले समाचार संस्था रोयटर्ससँग भने, ‘चाँडोभन्दा चाँडो पर्खाल निर्माण गर्न भनिएको छ । त्यसैले रातदिन गरेर १५० जना कामदार काममा लगाइएको छ ।
लाज छोप्न पर्खाल लगाइएको भन्दै सामाजिक सञ्जाललगायतमा सरकारी कदमको चौतर्फी आलोचनासमेत भएको छ । सरकारका वरिष्ठ अधिकारीले भने सुकुम्बासी क्षेत्रलाई छोप्न नभई सुरक्षाका कारणले पर्खाल लगाउन थालिएको जिकिर गरेका छन् । उच्चस्तरीय विदेशी पाहुना आउँदा सहरलाई ‘सुन्दर र सफा’ देखाउने अभियानको एक हिस्साअन्तर्गत पर्खाल निर्माण गरिएको उनीहरूले स्विकारेका छन् । जेजस्तो कारण दाबी गरिए पनि ४०० मिटर लम्बाइ र सात फिट उचाइको पर्खालले अनुमानित ८०० परिवार रहेको बस्तीलाई ट्रम्पको नजरबाट लुकाउनेछ ।
दुई देशबीच व्यापारसम्बन्धी केही खटपट चलिरहेकै बेला ट्रम्प भारत आउन लागेका हुन् । राष्ट्रपतीय निर्वाचनको अभियानमा रहेका ट्रम्पले भारत भ्रमण गरेर अमेरिका बस्ने भारतीय मूलका अमेरिकी नागरिकको सहानुभूति प्राप्त गर्न खोजेको हुनसक्ने राजनीतिक विश्लेषक बताउँछन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
