- Loading...
सिडिओलाई खुकुरी देखाउने युवा पक्राउ
- पुनहिल डट कम
- ५ साल अघि
- १५० पटक पढिएको

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई खुकुरी देखाएर धम्क्याउन खोजेको आरोपमा प्रहरीले रघुगंगा गाउँपालिका, ३ पिप्लेका रमेश गुरुङ्गलाई पक्राउ गरेको छ ।
स्थानयि र निर्माणाधिन राहुघाट जलविधुत आयोजना विचको विवाद सुल्झाउन सोमबार पिप्ले पुगेका सिडिओ ढकाललाई छलफल कार्यक्रमका विच साँझ ५ बजेतिर बाहिर बोलाई अपशब्द बोलेका गुरुङ्गलाई प्रहरीले खुकुरी सहित तत्काल पक्राउ गरेको थियो ।
गुरुङ्ग तत्काल पक्राउ परेपनि मंगलवार मात्र प्रहरी घट्ना स्थल पुगी वडाध्यक्ष समेत प्रत्यक्षदर्शी समेत रोहवरमा राखेर घट्ना मुचुल्का तयार पारेको छ । गुरुङ्गलाई प्रहरीले मंगलवार अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको छ ।
निर्माणाधिन राहुघाट जलविधुत आयोजनाले सुरुङ्ग निर्माण क्रममा प्रयोग गरिएको विष्फोटनले घर लगाएतका संरचनामा क्षति पुगेको भन्दै स्थानीयले आईतवारदेखी आयोजनाको कार्यालयमा ताला लगाई काममा अवरोध गरेका थिए । आयोजनाको कामबाट असन्तुष्ट सयौं पिप्लेबासी सोमबार क्षतिपूर्ति समेतको माग राख्दै आक्रोसित थिए ।
प्रमुख जिल्ला अधिकारीको रोहवरमा वडा कार्यालयमा स्थानीय, आयोजना, गाउँपालिका समेतको छलफल कार्यक्रममा वोल्दै सिडिओ ज्ञवालीले ‘आयोजनाको कार्यालय बन्द र आयोजनाको काम अवरोध पुर्याएर समस्या समाधान नहुने भएकोले ताला खोलेर, अवरोध हटाई आयोजनाको काम सुचारु गर्न र आपसी छलफलबाट निकास निकाल्न प्रजिअ ढकालले दिएको सुझावमा गुरुङ्गले असन्तुष्टी जनाउन खोजेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
