- Loading...
राहुघाट आयोजना र स्थानीय विच सहमतिपछि ताला खुल्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १३६ पटक पढिएको
निर्माणाधिन राहुघाट जलविधुत आयोजनाको सुरुङ्ग मार्ग निर्माणक्रममा प्रयोग गरिएको विष्फोटनले घर लगाएतका संरचनामा क्षति पुगेको भन्दै स्थानीयले राखेको माग सम्बोधन हुने भएपछि आयोजनाको कार्यालयमा ताला खोलेका छन ।
राहुघाट गाउँपालिका, ३ पिप्ले स्थित आयोजनाले निर्माण गरिरहेको सुरुङ्गको अडिट ३ र रघुगंगा माध्यामिक विद्यालय छेउमा रहेको पानी थिग्राउने सर्च सार्क भित्र रातदिन विष्फोटन गराउँदा वस्तीमा क्षति पुगेको, टनेलबाट निक्लने विष्फोटक पदार्थको केमिकल सहितको पानी खेतीमा खुल्ला छोडिएको र राती/दिउँसो चर्को आवाजमा उपकरण चल्दा सुत्न समस्या भएको भन्दै स्थानीय आन्दोलनमा उत्रेका हुन । त्यसैविच विद्यालय समेतमा छेवैमा विष्फोटन गर्दा अध्ययन अध्यापनमा असर पुगेको रघुगंगा माध्यामिक विद्यालयले जनाएको छ ।
‘वस्तीमुनी २४ सैं घन्टा सुरुङ्ग भित्र ठूला विष्फोटन निरन्तर हुँदा घर चर्किए, राती सुत्न सकिएन । सानो विष्फोटन, सुरुङ्गको पानी ब्यवस्थापन गरौं भनेका हौं, सुनुवाई नहुँदा तालावन्दी गरेका हौं’ स्थानीय गोविन्द शाहीले भने, ‘काममा अवरोध होईन, ब्यवस्थापनमा सहज गराउन खोजेका हौं । विष्फोटनबाट भएको क्षतिको प्राविधिक नापजाँच र परिक्षणगरी क्षतिपूर्ति दिउँ ।’
विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको वहुप्रतिक्षित रहुघाट जलविधुत आयोजनाको भारतिय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एशोसिएटसले अडिट २ र ३ मा गरी सुरुङ्ग निर्माण गरी रहेको छ । सभिल एण्ड हाईड्रोमेकानिकल तर्फ काम गर्न जेपीले ६ अर्व रुपैयाँमा ठेक्का लिएको हो । ०७५ जेठबाट नोटिस टु प्रोसिडर पाएको ठेकदारले ४५ महिना भित्र आयोजना सम्पन्न गर्ने सम्झौता छ ।
‘राहुघाट जलविधुत आयोजनामा तालावन्द भएकोमा आयोजना, ठेकदार र स्थानीय विच प्रमखि जिल्ला अधिकारीलाई रोहवरमा राखी वडा कार्यालयमा छलफलपछि तत्काललाई ताला खोल्ने र निकास खोज्ने सहमति भएको छं’ रघुगंगा गाउँपालिका, ३ पिप्लेका वडाध्यक्ष जीवन मल्लले भने, ‘सुरुङ्गमा अक्सीजन पठाउने राखिएको उपकरण जंगलतर्फ फर्काउने, घरमा पुगेको क्षति हेर्न हरेक २ दिनमा प्राविधिकले अनुगमन र नापजाँच गर्ने, वस्ती र सडकको गुणस्तरमा पनि आयोजनाले सुधार गर्ने सहमति छ । ’
आयोजनाको विधुत गृह भित्रका उपकरण, स्वीचार्ड उपकरण जडान, आपुर्ति र ढुवानी गर्नेगरी इलेक्ट्रोनिकल तर्फ काम गर्न भारत हेभी इलेक्ट्रोकल्स लिमिटेड (भेल)लाई ठेक्का दिईएको हो । १ करोड दुई लाख ९३ हजार अमेरिकी डलरमा ३६ महिनाभित्र सम्पन्न गर्ने सम्झौता छ ।
इलेक्ट्रोमेकानिकल तर्फको काम गर्नेगरी ठेकेदार छनौट भएपनि ऋणदाता भारतिय एक्जिम अर्ध जलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ ।
नेपाल विधुत प्राधिकरणले राघुघाट जलविधुत आयोजनाको डिजाईन, मोडेल र छुट्टै कम्पनी रघुगंगा हाईड्रो पावर लिमिटेड बनाई काम थालेको । राहुघाट हाईड्रोको क्षमता बृद्धी गरी ३२ बाट ४० मेगावाट बनाईएको छ । नयाँ मोडेल अनुसार रघुगंगा हाईड्रोमा ७० प्रतिशत विधुत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।
नेपाल विधुत प्राधिकरणले रहुघाट जलविधुत आयोजनाले २०६५ देखी सिभिल इन्जिनियरिङ्गको काम सुरु गरेको हो । ऋणको सर्त अनुसार नै प्राधिकरणले २०६७ कात्तिकमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भारतिय कम्पनी आइभिआरसिएल इन्फास्टक्चर प्रोजेक्टस् इण्डिया लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले ०६८ साउनमा कन्सल्टेन्टको रुपमा भारतिय कम्पनी वापकोषलाई नियुक्त गरेको थियो । तर समयमा काम गर्न नसकेपछि प्राधिकरणले २०७० मा ठेकदार कम्पनी आईभिआरसिएलसंगको सम्झौता टर्मिनेट (भङ्ग) गरेको थियो ।