FLASH NEWS
  • Loading...

म्याग्दीमा माघ मै भेटियो डेंगु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२७ पटक पढिएको
म्याग्दीमा माघ मै भेटियो डेंगु

गर्मी सिजनको वर्खायाममा देखिने डेंगु म्याग्दीमा माघमा भेटिएको छ ।

माघ २ गते बेनी जिल्ला अस्पतालमा उच्च ज्वरोवाट ग्रस्त भै बेनी अस्पतालमा भर्ना भएकी बेनी नगरपालिका, ७ कि एक ४५ बर्षिया विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो । डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान मध्य गाडीका टायरमा जमेको पानीमा डेंगु रोग सार्ने लामखुट्टे सुरक्षित भएको अनुमान छ ।

‘गर्मी सिजन (मनसुन)को अघिपछि मात्र देखिने डेंगु माखको अधिक चिसो र सुख्खा समयमा पनि फेला परेपछि हामी बढी चिन्तित बनेका छौं । गर्मी सिजनमा डेंगुको प्रकोप नै पो फैलन्सकी भन्ने डर बढ्यो’ बेनी अस्पतालका ल्याव टेक्नोलोजिष्ट संजोग तिमिल्सिनाले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति हो । आगामी मनसुन कसरी सामाना गर्ने योजना निर्माणमा लागेका छौं ।’

बेनी अस्पतालले अभिलेख अनुसार डेंगु परिक्षण सुरु गरेको भदौ यता माक्र जिल्लामा १४ जनामा डेंगु संत्रमण फेला परेको थियो । डेंगु संक्रमित सवै विरामी बेनी नगर क्षेत्रका छन । वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता लक्ष्यण देखिएपछि उपचारकालागी अस्पताल आएका थिए । लक्ष्यण मिलेपछि विरामीको रगत परिक्षण गर्दा डेंगु भेटिएको हो ।

त्यसैगरी बेनी अस्पतालमा एक ६६ बर्षिया महिलामा स्क्राव टाईफस पनि भेटिएको छ । गत पुस तेस्रो साता उपचारमा आएकी ति बृद्धाको श्वास्थ्य परिक्षण गर्दा स्क्राव टाईफस फेला परेको बेनी अस्पतालले जनाएको छ । अस्पतालले स्क्राव टाईफसको ल्याव परिक्षण सुरु गरेको तेस्रो विरामीलाई रोग देखिएको थियो ।

‘हामीले यो बर्षदेखी डेंगु र स्क्राव टाईफसको जिल्लामै ल्याव परिक्षण सुरु गरेका हौं । डेंगुका १४ जना र स्क्राव टाईफसको भने संकास्पद पहिलो ३ जनामध्य एकमा रोग फेला परेको हो’ बेनी अस्पतालका ल्याव टेक्नोलोजिष्ट तिमिल्सिनाले भने, ‘रोग देखिएपछि डेंगु र स्क्रव टाइफस परिक्षण गर्ने आवश्यक र्यापिड डाईनोस्टीक किटको ब्यवस्थापन  गरेका छौं ।’