FLASH NEWS
  • Loading...

म्याग्दीमा रोटरी क्लव गठन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८४ पटक पढिएको
म्याग्दीमा रोटरी क्लव गठन

रोटरी इन्टरनेशनलको शाखा रोटरी क्लव अफ म्याग्दीले विधिवत मान्यता प्राप्त गरेको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठले सोमबार बेनीमा आयोजित एक कार्यक्रमका विच अध्यक्ष धनञ्जय श्रेष्ठलाई रोटरी क्लव अफ म्याग्दीलाई शाखाको प्रमाण पत्र हस्तान्त्रणगरी वैधता दिएका हुन । डिस्ट्रिक गभर्नर श्रेष्ठले नेपालको विकासका लागि रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताए ।

रोटरी इन्टरनेसनल मानवीय सेवाभाव, उच्च नैतिकता, शान्ति तथा सद्भावमा विश्वास राख्ने ब्यापारिक समुदाय र फेशागत ब्यक्तिहरुको जाति, धर्म, लिङ्ग र राजनैतिक विचारबाट मुत्त विश्वभर सकृय मानवीय सेवामा समर्पित संस्था हो । अमेरिकाको सिकागोका वकिल पाल हेरिसले आफ्ना अन्य ३ साथीहरु मिलेर सन १९०५ मा रोटरी इन्टरनेसनल स्थापना गरेका हुन ।

रोटरी क्लव अफ म्याग्दीको अध्यक्षमा धनञ्जय श्रेष्ठ, पेसिडेन्टमा टिकराम सापकोटा, उपाध्यक्षमा दीपक श्रेष्ठ, सचिव राजु केसी, कोषाध्यक्षमा नवराज पौडेल छन । त्यसैगरी सदस्यहरुमा प्रकाश रेग्मी, रेखा रेग्मी, हरी पौडेल, विष्णु रोका समेत २६ जना छन ।