FLASH NEWS
  • Loading...

शान्ति समाजको धर्ना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११७ पटक पढिएको
शान्ति समाजको धर्ना

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सिमा अतिक्रमणको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् ।  अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको बिरोधमा दिउँसो ११ देखि ११.३० बजेसम्म धर्ना बसेका हुन् ।

भारतले नेपाली कालीपानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर हालै प्रकाशन गरेको नक्सा सच्चाउन तथा नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गराउनुपर्ने माग सहित धर्ना बसेका थिए ।