FLASH NEWS
  • Loading...

क्रिकेटमा अन्जलीको विश्व कीर्तिमान !

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२५ पटक पढिएको
क्रिकेटमा अन्जलीको विश्व कीर्तिमान !

नेपालकी राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य अन्जली चन्दले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छिन् ।

पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६ विकेट लिँदै अन्जलीले कीर्तिमान बनाएकी हुन् ।

अन्जलीले २ ओभर १ बलमा बिना रन खर्चेर ६ विकेट लिएर कीर्तिमान बनाएकी हुन् । उक्त खेलमा नेपालले १० विकेटको जित निकालेको थियो । यस क्रममा अन्जलीले नवौं ओभरको पाँचौ र छैठौ बलमा तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिंदै ह्याट्रिक समेत पुरा गरिन्। उनले २.१ ओभरमा २ मेडन ओभर गर्दै कुनै पनि रन खर्चिनन्।

पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गरेको माल्दिभ्स १६ रनमै अल आउट भएपछि १७ रनको लक्ष्य नेपालले ५ बलमै पुरा गर्यो। काजल श्रेष्ठले अविजित १३ रन बनाईन्। उनले ५ बलमा ३ चौका प्रहार गरिन्।