FLASH NEWS
- Loading...
नेपालको शानदार सुरुवात
- पुनहिल डट कम
- ५ साल अघि
- २०१ पटक पढिएको

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।
तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध नेपालले पहिलो सेट २५-९ ले सहजै जितेको थियो ।
यस्तै दोस्रो सेटमा पनि २५-९ मा जित निकालेको नेपालले अन्तिम सेट २५-११ ले आफ्नो बनाउदै बंगलादेशविरुद्ध एक पक्षिय जित निकालेको हो ।
नेपाललाई सहज जित दिलाउन स्पाइकर प्रतिभा मालीले १९ अंकको योगदान गरिन् । यस्तै सरस्वती चौधरीले १३ अंकको योगदान दिईन् ।
जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । र, नेपालले समूह ‘ए’ मा २ अंक जोडेको छ ।
अब नेपालले बिहिबार समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
