FLASH NEWS
  • Loading...

मिडिया सोसाईटीको साधारण सभा सम्पन्न

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२७ पटक पढिएको
मिडिया सोसाईटीको साधारण सभा सम्पन्न

म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ ।

मिडिया सोसाईटी म्याग्दीबाट प्रकाशित/प्रशारित प्रिन्ट, रेडियो तथा अनलाईन पत्रिका संञ्चालकहरुको साझा संस्था हो । पत्रकार र प्रकाशक एउटै ब्यक्तिले दोहोरो भुमिकामा रहेर पत्रकारिता गर्नु पर्ने मोफसलको बाध्यताले गर्दा पत्रकार महाँसंघ र मिडिया सोसाईटी उस्तै भएको आम भ्रम छ । शिद्धान्ततः सोसाईटी प्रकाशकिय स्वतन्त्रता र पत्रकार महाँसघ सम्पादकीय स्वतन्त्रताका हिमायति संस्था हुन ।

म्याग्दी निर्वाचन क्षेत्र कबाट गण्डकी प्रदेश सदस्य विनोद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाका वत्ताले पत्रकारिता क्षेत्रले विज्ञापनको प्रलोभनमा धेरै समाचार लुकाएको वा स्तुतिगानले पत्रकारिता पर्चाकारिता बनेको गुनासो मात्र गरेनन, विज्ञापनकै कारण स्वतन्त्र रुपमा समाचार लेख्न सक्ने वातावरण बनाउन स्थानीय सरकार र सरोकारवालाले प्रतिवद्धता जनाए ।

‘हामीले समाजलाई सुसुचित गर्ने काममा खटेका छौं । राज्यको उपेक्षाले गर्दा हामी आफ् ैप्रकाशक आफै पत्रकार भै दोहोरो भुमिकामा छौं । म्याग्दीको पत्रकारिता इमान र आचारसंहिताको पालना गरेको छ’ पत्रकार महाँसघ गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले भने, ‘राज्यको केन्द्र वा स्थानीय तह सवै पत्रकारिताको मर्म बुझेका छैनन । कर्मचारी तन्त्र विज्ञापनमा पनि कमिसन माग्छ वा विज्ञापन बजेट लुकाएर खान उद्धत छ ।’

पत्रकार गोरखनाथ सुवेदी, सामाजिक कार्यकर्ता बेलबहादुर कटुवाल, ब्यवसायी प्रमोद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, काँग्रेसका भरत रकाल, नेकपाका बालकृष्ण सुवेदी, जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल र प्रमुख अतिथी विनोद केसीले म्याग्दीको पात्रकारिता, विज्ञापन र नागरिकको सुचनाको अधिकारका विविध पक्षमा चर्चा गरे ।

‘पत्रकारितामा प्रकाशकबढी हावी हुँदा पाठकले निश्पक्ष र सत्यतथ्य समाचारबाट वन्चित भएका छन’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले सुझाईन, ‘पत्रकारितामा कहिले यी पनि समाचार हुन ? भन्नु पर्ने कहिले यी पनि पत्रकार हुन ? भन्नु पर्ने किन भैरहेछ ? समाचार र पत्रकार खुट्याउन पनि पाठकलाई समस्या भएको छ । निर्भिकतापूर्वक तर पत्रकार मात्र भएर समाचार लेख्नुस ।’

साधारण सभामा सोसाईटीका कोषाध्यक्ष समेत रहेका पत्रकार ठाकुर आचार्यलाई यस बर्षको मिडिया सोसाईटी अवार्डबाट सम्मानित भए । आचार्यलाई नगद ६ हजारसहित दोसल्ला र प्रमाण पत्रले प्रमुख आथिती केसीले सम्मान गरे ।

त्यसैगरी स्थानीय तहमा रहेर गाउँघरका समाचार फेसवुक मार्फत मिडियामा पुर्‍याउन उल्लेख्य सहयोग गर्ने रघुगंगा गाउँपालिका, १ बेगका दलप्रसाद तिजिा र अन्नपूर्ण गाउँपालिका, ५ शिखका सेते तिलिजालाई पनि जनही १ हजार नगदसहित सम्मानपत्रले पुरस्किृत गरियो ।