FLASH NEWS
  • Loading...

‘मृत्यु पथ’बन्दै ग्रामिण सडक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १४२ पटक पढिएको
‘मृत्यु पथ’बन्दै ग्रामिण सडक

ग्रेड तथा घुम्ती नमिलेका साँघुरा ग्रामिण सडकहरु यात्राको सुरक्षित मार्ग होईन, यात्रुको ‘मृत्यु पथ’ बन्दै गएका छन ।
जिल्लाको पश्चिम मालिका गाउँपालिकामा पछिल्लो तीन दिनमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परि तीन महिलासहित ६ जनाको अकालमा ज्यान गएको छ । उपभोक्ता समिति र डोजरका अपरेटर ‘प्राविधीक’ भै गाउँ–गाउँमा सडक पुर्‍याउने लहरसँगै बर्षेनी मानवीय क्षति हुनेगरी ठूला दुर्घटनाहरु भैरहेका छन ।
‘सडक निर्माणमा ध्यान पुर्‍याउन नसक्दा वा लापरबाहीले बर्षेनी ठूलो मानविय क्षति भोग्नु परेको छ । गाउँका सडक आफ्नै मृत्यु पथ भएका छन’ नेकपा म्याग्दीका सचिव हरीकृष्ण श्रेष्ठले भने, ‘गुणस्तरिय र मापदण्ड अनुसारको सडक निर्माणमा नागरिक तहबाटै ठूलो क्याम्पेन जरुरी देखिएको छ । उपभोक्ता समिति जुन सुकै पाटीका कार्यकर्ता भएपनि अपारदर्शी भएको आरोफबाट मुक्त छैनन ।’
शुत्रवार मालिका गापा, २ रुमको ताक्सेमा साँघुरो उकालो सडकमा यात्रु भार तान्न नसक्दा वोलेरो जीप दुर्घटनाहुँदा सवार दुर्इृ जना यात्रुको घट्नास्थलमा मृत्यु भयो । आईतवार साँघुरो सडकको घुम्तीमा बस मोड्न नसक्दा माईक्रो वस सडकदेखी तल खस्दा चार जनाको मृत्यु भयो ।
‘जिल्लाका प्रायः सवारी/सडक दुर्घटनामा चालकको लापरबाही भन्दा सडकको अवस्थाबढी दोषी छ । अझ दक्ष मिस्त्री नहुँदा जीर्ण सवारी साधन पनि उस्तै दोषी छन’ जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर ध्रुव शर्माले भने, ‘जनप्रतिनिधी, प्राविधिक र उपभोक्ता सवैको एक सुत्रिय ध्याउन्न सडक/ट्याक खोल्ने मात्र छ, यात्रुको सुरक्षा र सडकको गुणस्तरमा पटक्कै चासो देखिन्न ।’
जिल्लाका सवै ६ वटा स्थानीय तहको आव ०७६/०७७ को बजेटमा सडकलाई मुख्य प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन । मालिका गाउँपालिकाले आव ०७६/०७७ को निती तथा कार्याक्रममा ६ मिटर भन्दा साँघुरा सडकमा लगानी नगर्ने निती अख्तियार गरेपनि तीन दिनभित्र भएका दुवै सवारी दुर्घटना साँघुरो सडककै कारण भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सडक स्तरउन्नत गर्न ५ करोड बजेट विनियोजन गरेको छ ।
जिल्ला सदरमुकाम सडक संञ्जालमा जोडिएर गाउँ तर्फ मोटरबाटो उकालो लाग्न थालेपछि ०६५ सालदेखी हरेक बर्ष यहाँका सडकमा ठूलो मानविय क्षति हुने गरी सडक दुर्घटना भैरहेको छ ।
प्रहरी अभिलेख अनुसार जिल्लामा पछिल्लो चार महिनामा भएका ३ दुर्घटनामा परी ५ पुरुष र ३ महिलाको ज्यान गएको छ । दुर्घटनामापरी ४० जना घाईते भएकोमा ७ जनाको अवस्था अझै गम्भीर छ । आईतवार मालिका, ७ विममा भएको बस दुर्घटनामा घाईते ३१ जना यात्रुमध्य ८ जनालाई पोखरा रिफर गरिएको छ ।
तथ्याङ्ढ अनुसार जिल्लामा पहिलो मानवीय क्षतिहुने गरी भएको सवारी दुर्घटना ०६५ असोज १६ गते बेनी–दरवाङ्ग सडकको तोलावाङमा ना ३ ख ४८०९ नम्बरको बस दुर्घटनामा पर्दा तीन यात्रुको ज्यान गएको थियो । ०६६ साउन १२ गते यही सोही सडकको डम्बरामा ना ३ ख ४३७९ नम्बरको माईक्रोबस दुर्घटनामा पर्दा ७ जना यात्रुले ज्यान गुमाएका थिए ।
त्यसैगरी ०६७ असोज १९ गते बेनी–जोमसोम सडकको बाँदरजुङमा जीप दुर्घटनाहुँदा १४ यात्रु, ०६८ साउन ७ गते सोही सडकको बेनी–गलेश्वर खण्डमा ग १ त १२३९ नम्बरको ट्याक्सी दुर्घटनाहुँदा ८ जनाको ज्यान गएको थियो । ०६८ असोजमा बेनी–दरवाङ्ग सडकको रणवाङ्गमा ग १ ख २७०४ नम्बरको मिनीबस सडकबाट तलखस्दा १३ जना यात्रु, ०७० कात्तिक १४ गते बेनी–पर्वत लेकफाँट–नागी सडकको खोलाखेत सडक खण्डमा जीप खस्दा १४ जना, ०७१ असोजमा तिप्ल्याङ्ग–राम्चे सडकको रिमा खण्डमा ग १ ज ४३२४ नम्बरको जीप खस्दा १३ जनाको र ०७२ काक्तिकमा बेनी–बरंजा सडकको थामडाँडामा ग १ ख ५३६६ नम्बरको मिनी माईत्रो वस खस्दा दुई बालकसमेत तीन जनाको ज्यान अकालमा गएको थियो । ०७४ मा ८ वटा सवारी दुर्घटनामा ३ महिला, २ बालबालिका समेत १२ जनाको ज्यान गएको थियो । ०७५ मा ४ वटा सवारी दुर्घटनामा ३ महिला समेत ५ जनाको र चालु आवको पहिलो चार महिनामा ३ दुर्घटनमा ८ जनाको ज्यान गएको छ ।