FLASH NEWS
  • Loading...

गैहृसरकारी संस्था महाँसघको अध्यक्षमा दीपक पौडेल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
गैहृसरकारी संस्था महाँसघको अध्यक्षमा दीपक पौडेल

म्याग्दी, ८ कात्तिक ।

गैहृसरकारी संस्था महाँसघ (गैसस) नेपालको जिल्ला समितिको अध्यक्षमा दीपक पौडेल निर्वाचित भएका छन ।

शुक्रवार वेनीमा सम्पन्न महासंघको नवौं अधिवेशनबाट संगमका दीपक पौडेल अध्यक्ष निर्वाचित भएका हुन । महाँसघको उपाध्यक्षमा अमर बानियाँ, निरमायाँ मिजार, कोषाध्यक्ष ज्याति लामिछाने पौडेल, सहसचिव प्रकाश रेग्मी निर्विरोध चयन भएका छन ।

 

त्यसैगरी सदस्यहरुमा भीमबहादुर रिजाल, झरकसरा पुन, बद्रीप्रसाद पौडेल, विज्ञान सुवेदी, कुमार थापा र रन्जना श्रेष्ठ चयन भएका छन । नव निर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई महाँसघका केन्द्रीय महासविच रामप्रसाद सुवेदीले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।