FLASH NEWS
  • Loading...

कोरला नाकाबाट सात लाख ५० हजार राजश्व

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २९० पटक पढिएको
कोरला नाकाबाट सात लाख ५० हजार राजश्व

म्याग्दी, ५ कात्तिक ।

मुस्ता¨को लोमन्था¨ गाउ“पालिकामा अवस्थित छोसेर भन्सार कार्यालयले आर्थिक बर्ष ०७५/०७६ मा ७ लाख ५० हजार राजश्व संकलन गरेको छ ।

बेनी–जोमसोम–लोमन्थाङ–कोरला सडक अर्न्तगत नेचुङ स्थित कोरला नाकाबाट नेपाल भित्रिएका विभिन्न दैनिक उपभोग्य बस्तुबाट यो राजश्व संकलन भएको हो । कार्यालयको चालु वर्ष राजश्व संकलन १० लाख पुर्‍याउने लक्ष्य छ ।

‘यो सिल वोर्डर हो । वर्षको दुई पटक सीमा क्ष्ेँत्रमा ब्यापार मेला लाग्छ , यही ब्यापार मेलाबाट आयात हुने वस्तुमा राजश्व संकलन हो । निकासी वस्तुमा शुन्य कर संकलन भएको छ’ नेचुङ भन्सार कार्यालयका निमित्त प्रमुख रहेका कार्यालय सहयोगी यादवराज पहाडीले भने, ‘हामी पनि यहा“को वातावरणमा नया“ छौं । स्थानीय ब्यापारीलाई विस्तारै राजश्व तिर्ने वानी वसाल्दै छौं ।’

कोरला नाकादेखी १२ किलोमिटर दक्षिणपट्टी तल नेचु¨मा अवस्थित इलाका प्रहरी र कुरुवाको भरमा चलेको भन्सार कार्यालयले नाकासम्म निगरानी पुर्‍याउन जनशक्ति र साधनस्रोत दुवै छैन । कोरला भन्सार कार्याल स“गै सुरक्षार्थ खटाईएको शसस्त्र प्रहरी सदरमुकम जोमसोम छोड्न मानेको छैन ।

वर्षमा दुईचोटि (जेठ–असार र भदौ–असोजमा) कोरला नाकामा हाट पनि लाग्छ, जहा“ दुवै देशका व्यापारीले आ–आफ्ना सर–सामान लगेर एक अर्कालाई बेच्ने गर्छन । यो बर्ष असोज २६–कात्तिक ५ सम्म तिब्बतको ढोङ्वासेनमा ब्यापार मेला लगेको छ । यस्तै ब्यापार मेलाको वेला मुस्ता¨ भित्रिएका सामाग्रीमा भन्साल असुली गरिएको हो ।

लोमन्था¨ समेत उपल्लो मुस्ता¨का घर पसलहरुमा लत्ता–कपडा, खाद्यान्न, पेय पदार्थ र इलेक्ट्रोनिक, घर बनाउ“दा चाहिने सिमेन्ट, काठ लगाएत सवै चिनिया“ सामाग्रीको एकलौटी किनवेच हुन्छ । सामान झार्न लोमन्थाङ भन्दा अलि पर चिनिया“ गाडी नै आइपुग्छन ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र सरकारी प्रतिनिधि नहु“दा त्यहा“ पुगेका आन्तरिक तथा बाहय पर्यटकलाई चीनिया“ प्रहरी र सेनाले दुर्ब्यवहार गर्ने गरेका छन । दशगजा क्ष्ेँत्रको २४ नम्बर पिलरमा पुगेर तस्वीर खिच्दा समेत चिनिय सुरक्षाकर्मी नेपाली भुमि पसेरै धम्क्याउने गरेका छन । कोरला नाकाको सीमा क्ष्ेँत्रमै चिनिया“ दैनिक गस्तीमा रहेको भएपनि नेपाली सेना भने २५ किमी दक्षिणपट्टी तल लोमन्था¨ छेउमा बसेको छ ।

‘चिनिया सुरक्षाकर्मीस“गको भाषाको समस्याले गर्दा सीमा नाकामा पर्यटकले असुरक्षित महसुस गर्छन । कहिलेकाहीं हामी आफैले समस्या झल्ने गरेका छौं’ इलाका प्रहरी कार्यालय नेचु¨का प्रहरी हवल्दार श्याम कुमार थापाले भने, ‘स्थानीयवाहेक एक्लैदुक्लै नाकामा पुग्नु असुरक्षित नै लाग्छ ।’

मुस्ता¨मा पर्ने नेपाल–चीन विचको २४ नम्बर सीमा स्तम्भ रहेको कोरला नाकामा चीनले दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर । ट्रक तथा कन्टेरन पाकि¨ र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिरहेको छ ।

तर सीमा वारी नेपालपट्टी खाली चौर चकमन्न पल्टेको छ । संरचना निर्माणको कुनै सुरसार देखिंदैन । मुस्ता¨का संघिय सांसाद प्रेमप्रसाद तुलाचनका अनुसार कोरला नाकाको २४ नम्बर पिलर क्ष्ेँत्रमै नेपाली पक्षले पनि भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजारबढी रोपनी जग्गा अधिग्रहण गरेको छ । यस अघि नाकाभन्दा १२ किलोमिटर दक्षिण तल नेचु¨मा भन्सारकालागी जग्गा अधिग्रहण गरिएकोमा अब्यवहारिक भन्दै विरोध भएपछि नाका क्ष्ेँत्रमै चिनिया भन्सारको आमने–सामनेहुनेगरी भन्सार बनाउने तयारी भएको छ ।

‘चीनिया“ भन्सार कार्यालयको आमने–सामने हुनेगरी नेपाली भन्सार कार्यालय स्थापना गर्न जग्गा प्राप्ती भएको छ । अघिल्ला समयमा १२ किमी तल भन्सार कार्यालय स्थापना गरिएको र जग्गा लिईएकोले अहिले जग्गा प्राप्ती समस्या आएको हो’ सांसद तुलाचनले भने, ‘अर्थ, गृह, रक्षा र प्रधानमन्त्री सवैलाई कोरला नाकाको यथार्थ लेखेरै जानकारी गराएको छु । गृह र अर्थमन्त्रीले कोरला नाका ब्यवस्थित संञ्चालन गर्न काम भैरहेको छ ।’