- Loading...
शैक्षिक भ्रमण खर्चिलो होईन, उपयोगी बनाउँ
- पुनहिल डट कम
- ५ साल अघि
- ३१२ पटक पढिएको

‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । व्यक्तिले एउटै स्थानमा बसेर भन्दा बढी भ्रमणबाट सिक्दछ । भ्रमणबाट सिकेका कुरालाई व्यवहारिक रुपमा लागू गर्न सक्षम हुन्छ ।
जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । त्यसैले अनुभवहरुबाट आफ्ना अनुभूतिलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुनुपर्छ । आफ्नो मन मिल्ने साथीहरु तथा घरपरिवारका सदस्यहरुसँग गरिएको भ्रमणबाट भने धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ । त्यसैले पनि जीवनमा भ्रमणले मानिसलाई परिपक्वतातर्फ उन्मुख गर्नका लागि मद्दत पुर्याउँदछ ।
आजभोलि विद्यालयका बालकालिकाहरुको भ्रमणको लहर नै चलेको छ । खासगरी कात्तिक, मंसिर महिना भनेको भ्रमणको लागि उपयुक्त मौसमको महिना पनि मानिन्छ । विद्यालयमा अर्धवार्षिक परीक्षा सकिएपछि वार्षिक रुपमा नै योजना बनाएर आजभोलि भ्रमण लाने प्रचलन बढ्दैै गएको छ ।
पहिले भ्रमणको चलन थिएन । पढेर भन्दा आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ ।
भ्रमणलाई उपलब्धीमूलक बनाउन सकेमा मात्रै भ्रमणका लगि गरिएको लगानी फलदायी हुन्छ । बालबालिकाहरुका लागि गराईने शैक्षिक भ्रमणहमा भने विशेष योजना बनाएर सिक्नका लागि समय व्यवस्थापन गर्नु जरुरी छ । भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिइनु हुँदैन । कुनै पनि नयाँ नयाँ स्थानहरुमा पुग्नासाथ आफूलाई रुची लागेको क्षेत्रहरुका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरुका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोट तयार गर्न समय दिनु पर्दछ । यसरी तयार गरिएका टिपोटहबाट यात्रा संस्मरण वा नियात्रा लेख्न सकिन्छ । अनुभवहरुको आधारमा प्रतिवेदन तयार गराउन सकिन्छ ।
विश्वमा हिजो जे थियो त्यो आज छैन, आज भएको कुरा भोलि नहुन सक्दछ र भोलिका कुराहरु पनि विस्तारै पर्सीका कुराले विस्थापित गर्दै जानेछन् । यसको तात्पर्य के हो भने समयसँगै विश्व परिवेश र हामीले प्रयोग गर्ने साधन र स्रोतहमा व्यापक परिवर्तन आएको छ । कुनै ऐतिहासिक स्मारकहरुका तस्वीरहरु लिएर ती तस्वीरका आधारमा भ्रमणका बारेमा जानकारीमूलक आलेख वा स्मरणात्मक अनुभवहरु लेख्न सकिन्छ ।
भ्रमणमा विद्यार्थीलाई लगिँदैछ भने विद्यालयले पहिले नै योजना तय गर्नु पर्छ । र, सोही योजना अनुरुप जिम्मेवारी बाँडफाँड गरेर भ्रमण जानु पर्छ । भ्रमण यस्तो होस् कि हरेक पल र समयमा बालबालिकाहरुले केही कुराहरु सिक्दै जाउन् र सिकेका कुरालाई आफ्नो डायरी वा कपीमा नोट गर्दै जाउन् । भ्रमणको सकिएपछि साँझ बास बस्ने स्थलमा समीक्षात्मक छलफल गरेर भोलिको योजना तय गर्नु पर्दछ । कहिँ समस्या आएको छ भने त्यो समस्याको उचित समाधान खोजिनु पर्दछ ।
भ्रमणका समयमा खानपानमा पनि ध्यान दिनु जरुरी छ । संभव घरबाट नै तयार गरिएका सुख्खा खानेकुराहरु लैजानका लागि बालबालिकालाई प्रेरित गरिनु पर्दछ । यसो हुन सकेन भने भ्रमण अवधि नै निरस हुन पुग्दछ । यसका साथै बालबालिकालाई मौसम अनुकूकलका लुगाहरु लैजान र समुचित प्रयोगका लागि सरसल्लाह दिनु पर्दछ । रात्री बसमा यात्रा गर्नु छ भने बालबालिकाका लागि सोही अनुसार बाटोघाटो तथा अपनाउनु पर्ने सावधानीका बारेमा पनि सचेत गराउनु पर्दछ ।
कुनै पनि स्थलहरुको अवलोकनका क्रममा पालना गर्नु पर्ने अनुशासनका नियमहरुका बारेमा पनि बालबालिकाहलाई पहिले नै जानकारी गराउनु पर्दछ । कुनै वगैंचा, चिडियाखाना तथा सङ्ग्रहालयहरुको अवलोकनका निमित्त लैजाँदा पंक्तिबद्ध हुने, पालो पर्खिने, त्यहाँ राखिएका बस्तुहरुलाई जथाभावी नचलाउने र बार तथा पर्खालहरुमा नचढ्ने, तस्वीर खिच्नका लागि निषेधित गरिएका स्थलहरु भएमा सो को बारेमा पनि जानकारी गराउनु पर्दछ ।
आवश्यक जानकारी लागि स्थानीय सरोकारवालालाई अन्तर्वार्ता र जानकारी लिने अवसर दिनु पर्दछ । यसले गर्दा आत्मविश्वास र कौतुहलता जगाउने बानीको विकास हुन्छ । यसरी विकास गरिएको कौतुहलताले बालबालिकाहरुलाई सदा जिज्ञासु बनाइरहन प्रेरित गर्दछ ।
अर्को कुरा के भने बालबालिकाहरु स्वभावैले जिज्ञासु र हरेक कुरामा सजिलै आकर्षित भैहाल्छन् । बाटोघाटोमा बेच्न राखिएका बस्तुहरुका बारेमा पनि सजग बनाइरहनु पनि जरुरी छ । त्यसैगरी कुनै पनि धार्मिक स्थालहरुमा ढग्ने नियतले मानिसहरु बस्न सक्ने हुनाले सजगता अपनाउनका लागि सचेत गराइरहनु जरुरी छ ।
भ्रमण सम्पन्न गरेर फर्किएपछि पनि भ्रमणका सन्दर्भमा आफूले प्राप्त गरेका अनुभव तथा अनुभूतिहरुलाई संकलन गरेर त्यसको बारेमा प्रतिवेदन, आलेख, चिनारी तथा नियात्रा वा निवन्ध लेख्नका लगि प्रेरित गर्नु पर्दछ । कुनै दिन विद्यालयका सहकार्यकलापहमा शैक्षिक भ्रमणबाट सिकेका कुराहरुलाई लिपीवद्ध गरेर प्रस्तुत गराएर उत्कृष्ट लेखनका लागि उचित पुरस्कार गर्न सकिन्छ ।
भ्रमण सिकाइमय र स्मरणात्मक बनाउनका लागि हरतरहले शिक्षक, विद्यार्थी तथा अभिभावकको सत्प्रयास हुनु जरुरी छ । आजभोलि भ्रमणका नाममा विभिन्न विकृतिहरु पनि भएका छन् । भ्रमणको मात्रै फजुल खर्च गरेर अभिभावकको मिहिनेत र पसिना खेर फाल्नु पक्कै पनि राम्रो हैन ।
यस कुरामा सबैको ध्यान जानु जरुरी छ । त्यसैले भ्रमण साँच्चिकै सुरक्षित होस्, सफल होस्, सिकाइमय होस्, फलदायी होस्, उर्जाशील होस्, शैक्षिक होस् मनोरञ्जनका लागि मात्रै नहोस् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
