FLASH NEWS
  • Loading...

राखुकोट मन्दीरमा राँगो मार हान्न २ लाख ८८ हजार वोलकवोल

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १३१ पटक पढिएको
राखुकोट मन्दीरमा राँगो मार हान्न २ लाख ८८ हजार वोलकवोल

म्याग्दी, २० असोज ।

घुगंगा गाउँपालिका, २ भगवती कोट मन्दीरमा वली चढाईने सरकारी राँगो मार हन्न (काट्न) स्थानीइ दुई लाख ८८ हजार वोलकवोल भएको छ ।

रघुगंगा गाउँपालिका, २ स्थित नाङ्नागेका रामप्रसाद खत्रीले राखुभगवती कोट मन्दीरमा नवदुर्गालाई वली चढाईने राँगो मार हान्न यती ठूलो रकम बोलकवोल गरेका हुन । गत बर्षपनि खत्रीले १ लाख ६५ हजार बोलकवोल गरी राँगो मार हान्न पछ्याएका थिए । खत्रीले गत वर्षभन्दा थप एक लाखबढी रकम बोलकवोल गरी यो वर्षको राँगो मार हान्न अगाडी सरेका हुन । नवमीको दिन वली दिईने राँगो मार हान्ने ब्यक्तिले कालरात्रीको राती कोटमन्दीरमा भेला भएका हजारौं सर्वसाधारणको विचमा खुल्ला वोलकवोल गरिन्छ ।

‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ जिल्ला समवन्य समितिका संयोजक समेत रहेका स्थानीय देवेन्द्रबहादुर केसीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’

खत्रीलाई ८ जना प्रतिस्पर्धीले दुई लाख ८५ हजार रुपैयाँसम्म पछ्याएका थिए । कोटमन्दीरमा कालरात्रीको दिन नीमको पाठो वली चढाउनु पुर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढीबढाउ गरिन्छ । राखुभगवती कोट मन्दीरमा निर्धारित १ घन्टाको समयावधीमा बढीबढाउ गर्न लगाईएकोमा खत्रीले २ लाख ८८ हजार बोलेका हुन । खत्रीले नवमीको मार हान्ने समयअघि तोकिएको पैसा कोट मन्दीर ब्यवस्थापन समितिलाई तिर्नु पर्ने हुन्छ ।

५–७ सय बर्षअघि रुईसेमा रहेको देखी २२ से २४ से राज्यकालमा तत्कालिन राजामहाँराजाले स्थापना गरेको यस कोटमन्दीर रघुगंगा गाउँपालिकाको (साविकका चिमखोला, दर्मिजा, दग्नाम, मौवाफाँट, पिप्ले, भगवती, वेग र दोवा गाविस) साझा मन्दीरको रुपमा रहेको छ । जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।

तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना,एक पैसा, एक दाम ( २८८९३–९–१–१ ) क्षेत्रफलको जग्गा गुठी राखी राखुका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन । सोही समयदेखी यहाँको भगवती कोट मन्दीरमा पनि पुजा संञ्चालन खर्च आउने थोको हो । पछिल्ला बर्ष गुठी संस्थालन धजाअक्षेता खर्च भनी हरेक बर्ष दशैंमा तीन हजार पठाउने गरेको छ ।

फोटो तथा समाचार श्रोत ः धिरन खत्री