FLASH NEWS
  • Loading...

घोडेपानी होटल पर्यटकले भरिभराउ

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४१६ पटक पढिएको
घोडेपानी होटल पर्यटकले भरिभराउ

पुनहील – अनुकुल मौषमले अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य पुनहिल र संसारकै गहिरो अन्ध गल्छीको तातोपानीका सवै होटल/गेष्टहाउसहरु पर्यटकले खचाखच छन ।

पदयात्राका लागी विश्वकै १० उत्कृष्ट क्षेत्र मानिएको पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानीमा पर्छ । ईलाका प्रहरी कार्यालय घोडेपानीको तथ्याड्ढ अनुसार अहिले दैनिक करिव तिन सय पर्यटक घोडेपानी भित्रन्छन ।

‘यो सिजनमा दैनिक तीन सयको हाराहारीमा पर्यटक सूर्योदयको दृश्य हेर्न पुनहिलमा आउँछन होला’ घोडेपानीका पर्यटन ब्यवसायी टेकसर बुद्धुजा मगरले भने, ‘आन्तरिक पर्यटक पनि उल्लेख्य आउँछन ।’

३ हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल डाँडो धौलागिरी र अन्नपुर्ण हिमालको घेरो र सुर्योदय तथा सुर्यास्त हेर्नलाई परिचित छ । ढुङ्गाईलो बाटोको दायाँवायाँ झ्याउले ढाकिएका बुढा गुराँसका रुख, तिनमा चढेर चचर्हुइ गरिरहेका बाँदर, चराको चिरविरले उकालो पुनहिल पदयात्राको अर्को विषेशता हो ।

‘अन्नपूर्ण पदमार्गका हरेक पाईलामा मैले संसारको एक अनुपम सौन्दर्य दखें’ घान्द्रुकहुंदै घोरेपानी आई पुगेका बेल्जियमका क्रिस्तोभले पुनहिलको सिरेटोमा तात्तातो कफीको सुर्की लगाउँदै सुनाए ।

वरीपरीका उल्लेरी, राम्चे, नाङ्गी, हिस्तान, खिवाङ्ग, शिख, हिस्तान, स्वांत आदी गाउँमा पुन (मगर) को वाहुल्य छ । तिनीहरुकै डाँडो भएकोले  पुन(मगर) हिल (डाँडो) भनिएको हो । नयाँ नामाकरण गर्नु पहिले यस डाँडोलाइ स्थानियले लुङतुङ डाँडो भन्ने गर्थे ।

२०२३/२५ सालताका खिवाङ्ग गाउँका भारतिय सेनाबाट रिटार्यड लाहुरे गोठालो जानेक्रममा लुङतुङ डाँडो पुगे । त्यहाँबाट धौलागिरि, नीलगिरी, अन्नपुर्ण, लमजुङ्ग, माछापुच्छ्रे हिमालको मनोरम दश्यदेखेपछि सानो टिनमा ‘वे टु पुनहिल’ अंगारले लेखेर डाँडो तर्फ पर्यटकलाई डोर्‍याए । तिनताक घोडेपानीमा एउटा भकारीको गोठ मात्र थियो भने मुस्ताङ्ग जान आक्कल–झुक्कल बर्षमा दुई जार जना पर्यटक आउंथे ।

त्यसैगरी कालिगण्डकी नदी कटानबाट बनेको संसारको सर्वाधिक गहिरो गल्छी (८ हजार ९१ मिटर गहिरो) तातोपानीका होटलहरु पनि आन्तरिक तथा बाह्य पर्यटक खचाखच भरिएका छन् । अन्नपूर्ण फन्को मार्न आएका पर्यटक र मोटरको सुगमताले दशैंतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेष्टहाउसहरु खचाखच भएका हुन् ।

 

परम्परागत मान्यता विपरित शहरी क्षेत्रका तन्नेरी पुस्ता चाडवाडको समयलाई नयाँ—नयाँ स्थानको यात्रा गर्ने संस्कृति मौलाउँदै गएको छ । बैदेशिक रोजगारीमा पुगेका नेपालीबाट भित्रने विप्रेषणबाट उकासिएको आर्थिक हैसिएतले हाम्रो सामाजिक जीवन शैलीमा समेत ब्यापक परिवर्तन ल्याएको छ ।