FLASH NEWS
  • Loading...

म्याग्दीमा ६६ करोडबढीको मदिरा र सूर्ति विक्रि, घरेलु मदिराको त हिसावै छैन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३७६ पटक पढिएको
म्याग्दीमा ६६ करोडबढीको मदिरा र सूर्ति विक्रि, घरेलु मदिराको त हिसावै छैन

म्याग्दी, ३१ भदौ ।
म्याग्दीबासीले बार्षिक कति रुपैयाँ मदिरासँगै घुट्क्याउँछन ? कति चुरोटको धुँवामा पैसा उडाउँछन वा कति पैसा सूतिसँगै पिच्च थुक्छन ?
ल हेर्नुस् हिसाव, आव ०७५/०७६ मा एक लाख १३ हजार जनसंख्या भएको म्याग्दीवासीले ६६ करोड ५२ लाखको मदिरा, सुर्ति र चुरोट सेवनमा खर्च गरे । घरेलु मदिराको मुल्य त हिसाव नै छैन । मदिरा र सूर्तिजन्य पदार्थको विक्रि भएको पैसालाई जिल्लाको जनसंख्यालाई भाग लगाउँदा प्रत्यक नवजात शिशुको भागमा ५ हजार ८ सय ८५ रुपैयाँ पर्न आउँछ ।

तथ्याङ्ढमा घरपालुवा मदिरा, पोखराबाट सोझै सप्लाई हुने केही वियर तथा विदेशी मदिराहरु, वाईनहरु, डिलर फेला नपर्ने सस्ता प्लास्टिक वोटलका मदिरा, वील नकाटी बजारमा आउने मुस्ताङ्गका विभिन्न ब्राण्डी र अवैध रुपमा भारतबाट भित्रिने खैनी, पानपराग समेतका सूर्तिजन्य फदार्थको विक्रि मुल्य जोडिएको छैन ।
म्याग्दीमा वियर तथा अन्य मदिरा, चुरोट र सुर्ति वित्रि गर्ने थोक विक्रिता (डिलर)हरुले उपलब्ध गराएको आव तथ्याङ्ढ अनुसार टुवोर्ग, काल्सवर्ग, गोर्खा, टिम्सवर्ग, साईन मिगेल, नमस्ते, माउण्टेन, रकस्टार, नेपाल आईस, गोल्डस्टार, वेष्टनर, ५००० समेत विभिन्न ब्राण्डका वियरमा म्याग्दीबासीले २४ करोड ७५ लाख बढी खर्च गरेका छन ।
‘म्याग्दीमा गोर्खा व्रुअरीका चार वटा र अन्य कम्पनीका ३ वटा गरी ७ वटा डिलरले वियर विक्रि गर्छन । हाम्रो गोर्खा बूुअरीका सवै डिलरले कम्पनीले दिएको तार्गेट भन्दा बढी वियर गर्दै आएका छौं’ मुक्तिनाथ इन्टरप्राईजेज बेनीका भीमनाथ रेग्मीले भने, ‘मोटरबाटोको विस्तर र स्थानीय सरकारको गठनपछि केही बर्ष यतादेखी ग्रामिण भेगमा वियरको पनि खपत बढेको छ ।’
वल्ड दरवार, सिग्नेचर, भ्याट ६९, म्याग्डोयल, एन्टीक्यूटि, भोड्का, खुकुरी रम, आदी समेत मदिरामा हृवस्की, ब्राण्डी, रम, भोड्का जस्ता विभिन्न ब्रण्डका स्वदेशी तथा विदेशी वोटलवन्द मदिरामा १२ करोड १५ लाखबढी पैसा खर्चेका छन । जोनी वाकरका रेड, ब्लाक, ल्वु लेवलका मदिरा भने तुलनात्मक कम २० लाखको विक्रि भएको छ । ब्यापारीका अनुसार जोनी वाकरका रेड लेवल र ब्ल्याक लेवललाई ‘असारे’ ‘घुस्याह’ ‘हाकिम’ शब्दले बढी सम्बोधन गर्ने गरेको पाईयो । यो मदिरा दशैं, तिहार र असार महिनामा बढी विक्रि हुने गरेको ब्यापारीको अनुभव सुनाए ।
‘म्याग्दीमा छिमेकी जिल्लाको तुलनामा मदिराको खपत अधिक छ । पानी भन्दा बढी मदिरा नै पिउँछन कि झै लाग्छ । सस्तो महंगो कुनै यस्तो मदिरा छैन जुन म्याग्दीमा विक्रि नभएको होस’ म्याग्दीमा विझिन्न ब्राण्डाका मदिरा विक्रि गर्ने अधिकृत वित्रेता श्रेया इनटरप्राईजेजका राजन श्रेष्ठले भने, ‘सदरमुकाम बेनी मै घरको कोठा कोठामा होटल/रेष्टुरेन्ट छन । मेलाजात्रा र राजनैतिक गतिविधी हुने समयमा बढी मदिरा खपत हुन्छ ।’

त्यसैगरी जिल्लाबासीले २५ करोड १२ लाख रुपैयाँ सूर्याटोवाको कम्पनी समेत सवै ब्राण्डका सूर्य, शिखर, खुकुरी, पाईलट, विजुली, चौतारी परफेक्ट ब्रेन्ज कम्पनीका सहारा, मायालु समेतका चुरोटको धुँवामा उडाएका छन । चुरोटमा मात्र होईन सूर्तिजन्य जीत, करेन्ट जस्ता सूर्ति, पुकार, डिब्वा खैनी, गुड्का समेत सुर्ति तथा खौनीमा पनि चार करोडबढी रुपैयाँ खर्च गरेका छन । ब्यापारीका अनुसार सूर्तिमा अधिक न्यून वीजकीकरणको समस्या रहेकोले विक्रि मुल्य न्यून देखिएको हो । तर ब्यापार कम्तीमा तीन गुणाबढी छ ।
‘वैदेसिक रोजगारी, बसाई सराईले जिल्लाको जनसंख्या बर्षेनी घट्दो छ भन्छन तर चुरोटको ब्यापार बर्षेनी झन बढेको छ’ सूर्या टोवाको अधिकृत विक्रेता लभ्लीहिल ट्रेडर्सका डम्बर घिमिरेले भने, ‘दुई बर्ष अघि १९ करोड मुल्यको चुरोट विक्रि भएकोमा यो बर्ष बढेर २५ करोड नाघेको छ ।’