FLASH NEWS
  • Loading...

म्याग्दीमा पनि भेटियो डेंगु, महिलासहित तीन जना संक्रमित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५१ पटक पढिएको
म्याग्दीमा पनि भेटियो डेंगु, महिलासहित तीन जना संक्रमित

२०, भदौ ।
म्याग्दीमा पनि दुई जना डेंगु संक्रमित विरामी फेला परेका छन । बेनी अस्पतालमा उपचारकालागी पुगेका बेनी नगरपालिका, ५ पुलाचौरकी एक ३५ बर्षिया महिला र बेनी नपा, ८ बेनी बजारका दुई जना ४० बर्षमाथीका पुरुष विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख प्रकाश शर्माका अनुसार एक साता भित्र पोखरा र काठमाण्डौबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता लक्ष्यण देखिएपछि उपचारकालागी अस्पताल आएका थिए । लक्ष्यण मिलेपछि विरामीको रगत परिक्षण गर्दा डेंगु भेटिएको हो । डेंगु संक्रमित महिला र परिवारका सदस्यहरु पछिल्लो तीन महिना बाहिर शहर गएका छैनन ।

डेंगु रोगको प्रकोप बढ्दै जान थालेपछि सतर्कता अपनाउन चिकित्सक र प्रशासनले सुझाव दिएका छन । डेंगुबाट अति प्रभावित राजधानी लगाएतका सहरमा अति आवश्यक कामले बाहेक यात्रामा नजान सुझाईएको छ । डेंगुको संक्रमण फैलिएपछि प्रशासन, गाउँपालिकाहरुले पनि रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान सुरु गर्न थालेका छन ।
डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गु रोग क्लासिक हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेङ्गु भनी लेखिने ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शितोष्ण र समशितोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्छ । सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीन दिनदेखि चौध दिन पछि यसका लक्षणहरू देखिन्छन् । यसका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ ।
केही बिरामीमा यो रोग डेङ्गी हेमोरेजिक फिबर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेङ्गु धेरै प्रजातिको लामखुट्टेका माध्यमबाट मानिसमा सर्न सक्छ । यो रोगका भाइरस पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको सङ्क्रमण भएमा हाम्रो शरीरले जीवनभरीका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ ।