FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा दुई दिनदेखी यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ११५ पटक पढिएको
बेनी–जोमसोम सडकमा दुई दिनदेखी यातायात अवरुद्ध

म्याग्दी, ७ साउन ।

हिमालपारीको जिल्ला मुस्ताङ्ग सदरमुकाम जोड्ने बेनी–जोमसोम सडकको गुईठेमा पहिरोले दुई दिनदेखी यातायात अवरुद्ध छ ।

सदरमुकामदेखी २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका, १ दानाको गुईठे स्थित भीरमा झरेको पहिरोले सडकको वेस सहित भत्काएपछि यातायात अवरुद्ध भएको हो ।

 

बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकको चमेरे, बैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, गुईठे, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा वारम्वार पहिरोले सास्ती दिने गरेको छ ।

‘राती सुख्खा गुईठे भीरमा सुख्खा पहिरो झरेकोले सडक बन्द छ, यातायात अवरुद्ध भएको छ’ सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘माथीबाट खसेको चट्टानी पहिरोले सडकको वेस सहित भत्काएकोले ट्रयाक खोल्न विष्फोटन नै गर्नु पर्ने हुन सक्छ, प्राविधिक रुपमा अध्ययन भैरहेको छ । पहिरो झर्न नरोकिएकोले गुईठे भीर बेनी–जोमसोम सडकको रोग नै भएको छ ।’

बेनी–जोमसोम सडकमा पहिरोले यातायात अवरुद्ध मात्र पारेको छैन, सवारी संञ्चालनमा रहेको क्षेत्रमा समेत माथीबाट बारम्बार ढुङ्गा झर्न नरोकिएकोले जोखिमपूर्ण पनि बनेका छन । सडको बेगखोला, तिप्ल्याङ्ग, महभीर, भीरकाटे, तातोपानी, दाना, घाँसा क्षेत्रका भीरबाट ढुङ्गा झर्ने हुँदा पैदल हिंड्न समेत समस्या छ ।