FLASH NEWS
  • Loading...

बेलुन भित्र तारामण्डल

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३९ पटक पढिएको
बेलुन भित्र तारामण्डल

म्याग्दी, ८ भदौ ।

सदरमुकाम बेनी स्थित लिटल गार्डेन एकेडेमीले विद्यार्थीलाई तारामण्डल, विज्ञान तथा खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाई प्रभावकारी बनाउन बेलुन भित्र तारामण्डल प्रर्दशन गरेको छ ।

‘३६० डिग्री डिजिटल तारामण्डालको अवलोकन प्रयोगात्मक टेलिस्कोप, टेलिस्कोप निर्माण कक्ष, रकेट विज्ञान, रात्री आकाश, सूर्य र अन्तरिक्ष विज्ञानलाइ धेरथोर बुझ्ने मौका मिल्यो’ कक्षा ९ कि एलिसा खड्काले भनिन, ‘धेरै विद्यार्थी अँध्यारो बेलुन भित्र बसेर तारामण्डल अवलोकन गर्दा कितावमा पढेका कुरा पुनःस्मरण गरायो । प्रत्यक्ष देखे जस्तै भयो ।’

स्पेश साईन्स एड प्लानटेरियममसंगको साझेदारीमा कक्षा ४–१० सम्मका विद्यार्थीलाई खगोल शास्त्रको अभ्यास, सूर्य र चन्द्र ग्रहण, ताराग्रह छुट्याउने, दिनरात कुनैसयम लामो र छोटो किन हुन्छ बुझाउन तारामण्डल प्रर्दशनी उपयोगी भएको विद्यालयका संञ्चालक/निर्देशक बालकुष्ण सुवेदीले बताए ।