FLASH NEWS
  • Loading...

बेनीको खानेपानी प्रदुषित, आउँको प्रकोप फैलियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४८ पटक पढिएको
बेनीको खानेपानी प्रदुषित, आउँको प्रकोप फैलियो

म्याग्दी, ६ भदौ ।

सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानी प्रदुषित हुँदा पखला लाग्ने तथा दिसामा आउँ ( रगतमासी/मासी) पर्ने रोग प्रकोपको रुपमा फैलिएको छ ।

बेनी नगरपालिका वडा ७ र ८ बेनीबजार क्षेत्रमा भदौ २ गतेदेखी आउँ पर्ने रोग प्रकोपको रुपमा फैलिएको हो । शुक्रवारसम्म बेनी अस्पतालमा १५ जना विरामी भर्ना भई उपचार गरिरहेका छन । छुट्टै ४५ जना आउँका विरामीले इर्मजेन्सीमा भर्ना भएका छन । एक सयबढी आउँका विरामीले ओपिडीमा स्वास्थ्य परिक्षणगरी औषधी खाएका छन ।

भदौ ३५ गते १५ जनाबढी पखला र आउँले शरिरमा पानीको मात्रा कम भैसकेका र मुखबाट औषधी खुवाउन नसकिने वालबालिका भर्ना भएका छन बेनी अस्पताल इन्डोर विभागकी नर्सिङ अधिर्कत शिला खरेलले भनिन, ‘बढी विरामी इमजेन्सीबाट सेवा लिएर फर्केका छन । ओपिडीमा पनि उत्तिकै भिड छ ।

१८ हजारबढी जनसंख्या रहेको बेनी बजारमा मात्र एक्कासी आउँका विरामी देखिएपछि अस्पतालले आपतकालिन बैठक राखेर विरामी राख्ने बेड, औषधी तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

एउटै क्षेत्रका धेरै जना विरामी एक्कासी एउटै रोगबाट ग्रसित भै अस्पताल आएपछि प्रकोप घोषणागरी नियन्त्रणमा जुटेका छौं बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले भने, ‘श्वास्थ्यकर्मी, औषधी र बेडलाई थपेर राखेका छौं । पानीजन्य रोग भएकोले बेनी खानेपानी संस्थासँग मिलेर खानेपानीको ल्याव टेष्ट गरिरहेका छौं ।

बेनीजोमसोम सडक विस्तार क्रममा पाईप लाईनमा क्षति पुगेपछि लामो समय खानेपानी अवरुद्ध भएपछि ब्यवस्था गरिएको बाहिरी श्रोतको पानी प्रदुषित हुँदा आउँ रोगको प्रकोप देखिएको हो ।

बेनीका एक हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गरेको बेनी खानेपानी उपभोक्ता संस्थाले सेडीमेन्टेसन तथा स्लोस्याण्ड फिल्टर हुंदै डिसेन्फेक्सन प्रक्रियाबाट पानी वितरण गर्दै आएकोमा खानेपानी अवरुद्ध भएपछि आपतकालिन रुपमा बाहृय श्रोतलाई सोझै वितरण लाईनमा जोडेको थियो ।