- Loading...
स्वास्थ्य कार्यालयका उजुरीकर्ता नै अख्तियारको नियन्त्रणमा
- पुनहिल डट कम
- ५ साल अघि
- ५९३ पटक पढिएको

म्याग्दी, ६ भदौ ।
कार्यक्रमको पेश्की फर्स्यौट गर्न घुस मागेको भन्दै सहकर्मी विरुद्ध उजुरी गरेका स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्यलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उल्टै नियन्त्रणमा लिएको छ ।
आचार्यको उजुरीपछि अख्तियारको टोलीले साउन १२ गते स्वास्थ्य कार्यालयका निमित्त प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य, स्टोर प्रमुख रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसीलाई १ लाख ३० हजार नगद सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा रहेको मुद्धामा स्पष्टिकरण दिन गएका हेल्थ असिस्टेन्ट अधिकृत झरत आचार्यलाई बयान क्रममै अख्तियार मुख्यालयलले बयानत्रममै नियन्क्रणमा लिईएको हो । कार्यरत स्वास्थ्य कार्यालय म्याग्दीबाट घर विदा लिएर अख्तियारमा बयानकालागी गएका थिए । छनविन त्रममा उजुरीकर्ता भरत आचार्य जिम्मेवार योजनामा फर्जी विल भरपाई बनाएको भेटिएपछि आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
विभिन्न कार्यक्रमको पेस्की फस्यौट गर्ने विषयमा कार्यालय प्रमुख र लेखा अधिकृतसँग मतभेद भएपछि भरत आचार्यले अख्तियारमा उजुरी गरेका थिए । उजुरीको आधारमा आईतवार विहानै अख्तियारका १५ सदस्यीय टोलीले स्वास्थ्य कार्यालयमा छापा मारेको थियो ।
उजुरीकर्ता आचार्यले सम्पन्न गरेका कार्यक्रममा नक्कली उपस्थिती, खाजा, स्टेसनरीको पनि वास्तवीक मुल्यभन्दा धेरै मुल्य राखिएको र नक्कली विल राखी पेश्की फर्स्यौट गराउन दवाव दिएपछि कार्यालय प्रमुख र लेखाअधिकृत संग विवाद भएको हो । छानवीन क्रममा उजुरीकर्ता आचार्यलाई थप छानवीन गर्नु पर्ने देखिएकोले नियन्त्रणमा लिईएको अख्तियार अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
