FLASH NEWS
  • Loading...

घारखोला हाईड्रोमा ट्रक दुर्घटनाहुँदा मजदुरको मृत्यु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०८ पटक पढिएको
घारखोला हाईड्रोमा ट्रक दुर्घटनाहुँदा मजदुरको मृत्यु

म्याग्दी, ६ भदौ ।

अन्नपूर्ण गाउँपालिका, ६ घारमा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको आउटलेटमा माटो बोक्ने बा २ क १६३० नम्बरको वुम ट्रक दुर्घटनाहुँदा एक जना मजदुरको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका, ६ घारको अमिलाकाफल स्थित आउटलेटमा शुक्रवार विहान ७ बजे मजदुर लिएर सुरुङ पस्ने क्रममा ट्रक सुरुङको मुखबाट तल खस्दा पूर्वी रुकुमको लुकुम गाउँका ४१ बर्षिय टेकमान कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मजदुर ट्रक पछि गुड्न थालेपछि फाल हालेर बाँचेका थिए ।

‘हाईड्रोमा मजदुर बोकेको मिनी ट्रक दुर्घटना हुँदा एक जना मजदुरको मृत्यु भएको छ । हामी परिवारलाई खवर गरेका छौं । परिवार आएपछि पोष्टमार्टमगरी सव बुझाउने तयारीमा छौं’ प्रहरी नायव उपरिक्षक महेन्द्र मरासिनीले बताए ।

अन्नपूर्ण गापा, ५ को कुरिलाखर्कमा बाँध बनाई तिन किमी लामो सुरुङ्गमार्गको अन्नपूर्ण गापा, ६ अमिलाकाफलमा आउटलेटबाट १२ सय मिटर पेनस्टक पाईपबाट पानी ल्याएर बेनी–जोमसोम सडकको पोखरेबगरमा विधुत गृह बनाउने योजना छ ।

०७६ मंसिर भित्र निर्माण सम्पन्न गरिने आयोजना ‘थ्रि सि’ मोडेलमा कन्सल्टेन्ट कन्ट्याक्टर हाईड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारको रुपमा साउथ एशिया इन्फाइस्टक्चर रहेका छन । आयोजनामा नागरिक उर्जा बुटवल लिमिटेड लगानी कर्ता कम्पनीको रुपमा रहेको छ ।