- Loading...
जोखिमपूर्ण सिउदीभिर–डाँडागाउँ पदमार्ग अब सुरक्षित र व्यवस्थित
- पुनहिल डट कम
- ७ घण्टा अघि
- १४६ पटक पढिएको

मालिका गाउँपालिका–०३ स्थित डाँडागाउँमा सिउदीभिरदेखि औलसम्म जोड्ने फराकिलो पदमार्ग निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालित सिउदीभिरदेखि औलसम्म जोड्ने योजनाले जोखिमपूर्ण भौगोलिक अवस्थालाई पार गर्दै स्थानीयका लागि सुरक्षित, व्यवस्थित र दिगो आवागमनको आधार तयार पारेको छ।
अत्यन्तै जोखिमपूर्ण भीरमा१०२ वटा सिँढी भएके १.५ मिटर चौडाइ र ३०० मिटर लामे सुख्खा पर्खाल तथा सोलिङ्गसहितको पदमार्ग निर्माण भएकाे हाे । स्थानीय सीप, श्रम र समर्पणको माध्यमबाट पूरा भएको यो योजना साहस र सहकार्यको उत्कृष्ट उदाहरण बनेको छ।
पदमार्ग निर्माणसँगै संलग्न रोजगार उपभोक्ता समितिलाई ‘सडक मर्मत संभार तालिम’ प्रदान गरिएको छ, जसले दीर्घकालीन रूपमा उनीहरूलाई आत्मनिर्भर र सीपयुक्त बनाउने अपेक्षा गरिएको छ। योजनाबाट प्रत्यक्ष रूपमा दर्जनौं पुरुष र अप्रत्यक्ष रूपमा करिब २० जना महिलाले रोजगारी प्राप्त गरेको राेजगार शाखाले जनाएकाे छ । ५ लाख ६७ हजारको कुल लागतमा सम्पन्न उक्त योजनामा रोजगार उपभोक्ता समितिका अध्यक्ष रेमन पुनको नेतृत्व तथा स्थानीय बेरोजगार सूचीकृत जनशक्तिको सहभागी भएका थिए । निर्माणका लागि आवश्यक अधिकांश सामग्री स्थानीय स्रोतहरूबाट लिइएकाले बजेटको अधिकतम उपयोग र सामुदायिक स्वामित्व समेत सुनिश्चित भएको छ।
गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मालिका गाउँपालिकाका ७ वटै वडामा २–२ वटा गरी कुल १४ योजना संचालनमा छन्। तीमध्ये १३ वटा पदमार्ग निर्माण र एउटा निश्कोट गाउँमा सार्वजनिक शौचालय निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
उनले भने, “प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाह्य सामग्री खरिद गर्न नमिल्ने भएकाले स्थानीय स्रोत र श्रमको प्रयोग अत्यन्त प्रभावकारी भएको छ। यसले गाउँमै उपलब्ध जनशक्ति र निर्माण सामग्रीको सदुपयोग गर्दै स्थानीय रोजगारी र सीप विकासमा महत्वपूर्ण योगदान दिएको छ।”
यस योजनाले भविष्यमा पनि अन्य सामाजिक–आर्थिक पूर्वाधार निर्माणमा मार्गदर्शकको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
