FLASH NEWS
  • Loading...

दाउरा प्रहारगरी श्रीमतिको हत्या गर्ने श्रीमान खवराकाे जंगलबाट पक्राउ

  • पुनहिल डट कम
  • ९ घण्टा अघि
  • ९५ पटक पढिएको
दाउरा प्रहारगरी श्रीमतिको हत्या गर्ने श्रीमान खवराकाे जंगलबाट पक्राउ

सोमबार राती श्रीमतिको हत्यागरी फरार भएका रघुगंगा गाउँपालिका, ६ ठाडाखानी घर भै बेनी नगरपालिका, ७ बेनीमंगलाघाट आरनटोलमा बस्दै आएका ४० बर्षिय राजु विक मंगलवार विहान पक्राउ परेका छन ।
प्रहरीका अनुसार सोमबार राती अन्दाजी १०–११ बजे श्रीमति भगवती विक (३०)लाई दाउराले टाउकोमा प्रहारगरी हत्या गरी भागेका विकलाई मंगलवार विहान बेनी नगरपालिका, २ स्थित खवरा सामुदायीक वन भित्र लुकी बसेको अवस्थामा पक्राउ परेका हुन । घट्नाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राती १० बजे विकको घरमा झगडा भएको, होहल्ला सुनिएको थियो तर कोही पनि उद्धारमा गएका थिएनन । अभियुक्त राजु विकले सँधै मदिरा सेवनगरी घर आउने र झगडा हुने गरेकोले सोमबार पनि कसैले चासो नदिएको तर विहान अवेरसम्म घरमा सुनसान भएपछि खोजी गर्दा भगवती मृत अवस्थामा भेटिएकी थिईन ।
छिमेकीहरुका अनुसार सोमबार नै मृतक भगवती पर्वतको जलजला गाउँपालिका, ३ गुफाटोल स्थित आमा गुमाको घरमा गएकी थिईन । साँझ राजु मदिराले मातिएकै अवस्थामा सासुको घरमा गै श्रीमतिलाई लिएर घर आएका थिए ।