FLASH NEWS
  • Loading...

इतिहाँसकाे डायरी ः म्याग्दी उर्लेको १९ दिन

इतिहाँसकाे डायरी ः म्याग्दी उर्लेको १९ दिन
१%

म्याग्दीमा मैले पत्रकारिता शुरु गर्दा अर्को कुनै ब्यवसायीक पत्रकार थिएनन् । ०५५ सालदेखी धौलागिरी अञ्चलकै पहिलो दैनिक पत्रिका धौलागिरी दैनिकबाट पत्रकारिता सुरु गरी ०५७ देखी निजी क्षेत्रको अग्रिणी कान्तिपुृर दैनिकमा प्रवेश गरें । दुर्गम जिल्लाबाट पत्रकारिता नै मुख्य पेशा अंगाल्दा निक्कै कठिनाई थियो । माओवादी विद्रोहले उचाई लिदैं गएपछि मुलुकमा झन–झन कठिन र अत्यासलाग्दा रात थपिदै आए ।
मुलुकमा संकटकालको घोषणा गरिएबाट बन्दुकको भाषा र संस्कृती हावी भयो । मानव अधिकार संस्कृति पुरै अन्य भयो । जिल्लामा करिव–करिव एक्लै पत्रकारिता गर्दा र लेखेका समाचारकै कारण थुप्रै पटक सेना, प्रहरी, भिजिलान्ते–मण्डलेहरुबाट ‘कृष्ण सेन’ बनाईदिने सम्मका धम्की सहनु पर्‍यो । माओवादीहरुबाट समेत धम्की र थुनछेकको सामना गर्नु पर्‍यो । कतिपय पत्रकारले माओवादीको उपहार ‘पत्र बम’ सामना गरे । समाचार लेख्ने क्रममा थुप्रै पटक कलमको निव आफैले भांच्नु परेको पीडाबोध आज प्रयन्त भै रहन्छ ।

जे भएपनि निष्पट अंध्यारो रातको विच क्षितिजमा सुन्दर चांदीको घेरा हुंदो रहेछ । सस्त्र विद्राेह गरिरहेकाे माअाेवादीकाे पर्दा भित्रबाट भुमिका रहेपनि शहरी विद्राेहमा प्रत्यक्ष संलग्न (ब्यानरमा)  रहेन। यसै बेला शुरु भयो, जनआन्दोलन–२ जुन आन्दोलनमा एउटा पत्रकारको आंखाले देखेका घट्नाक्रमको डायरी आज सान्दर्भिक लागेकोले प्रस्तुत गरेको छु । अनि डायरी आफैमा पुर्ण छैन् र राजनैतिक ईतिहांस पत्रकारको डायरीले पुर्ण पनि बन्दैन ।

चैत २३ गते पूर्व तयारी
राजनैतिक दलले ०६२ चैत २४ गते देखी आहृवान गरेको आम हड्ताल सफल बनाउन जिल्लामा कृयाशिल प्रध्यापक संघ, पापड, शिक्षक संघ/संगठन/युनियन, नागरिक समाज, अनेरास्वियु, उद्योग बाणिज्य संघ, यातातात ब्यवसायी संघहरु, नेविसंघ, स्ववियु म्याग्दी बहुमुखी क्याम्पस, निजी तथा आवसिय विद्यालय यशोसियसन, नेपाल बार संगठन, क्युपेक नेपाल, प्रेस चौतारी लगाएतका १५ पेशागत संघ/संस्थाले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरि नैतिक समर्थन गर्दै सकृय सहभागीहुने निर्णय ।
म्याग्दीको जनआन्दोलन–२ सुरु भएको पहिलो दिन आम हड्ताल सफल बनाउन शान्ति र प्रजातन्त्रकालागी पेशागत सञ्जाल (पापड)ले चैत २३ गते नै ‘शान्ति र लोकतन्त्रकालागी पेशाकर्मीहरुको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गर्‍यो ।
दलहरुले राती उद्योग बाणिज्य संघको कार्यालयबाट सुरक्षाकर्मीलाई झुक्याउंदै भब्य मशाल जुलुश प्रर्दशन गरे ।
चैत २४ गते–
जनआदोलन अर्थात आमहड्तालको पहिलो दिन प्रहरीले विहान पांचबजेदेखी नै घरमा सुति रहेका शिक्षक, समाजसेवी र राजनैतिक नेतालाई पक्राउसंगै शूरु गर्‍यो । प्रहरी–प्रशासनको हस्तक्षेपले आन्दोलन रोकिएन झन उत्कर्षमा पुग्न सहयोगी बन्यो । पहिलो दिनको हड्ताल पुर्ण सफल भयो ।
प्रहरीले विहिवार विहान नेपाली कांग्रेस उपसभापति रेशमबहादुर बानियाँ, जनमोर्चाका जिल्ला अध्यक्ष्य शिव कुमार श्रेष्ठ, हिराबहादुर के.सीलाई पक्राउ गरी तिन महिने नजरबन्दको पुर्जी दियो । संगै पक्राउ परेका शिक्षक युनियनका जिल्ला अध्यक्ष तथा प्रकाश मावि परिक्षाकेन्द्रका केन्द्राध्यक्ष्य दयासागर शर्मा, शिक्षक संघका अध्यक्ष्य अजयमिलन श्रेष्ठ, रेडक्रस सभापति हरीकृष्ण श्रेष्ठलाई भने एक घन्टा पछि नै रिहा गर्‍यो । घट्नाको विरोधमा विभिन्न पेशाकर्मी तथा विद्यार्थी संगठनहरुले विरोध जनाए ।
नेता तथा कार्यकर्ताको विरोध गर्दै हजारौं प्रर्दशनकारीले बेनीबजारका दर्जनौं स्थानमा टाएर बालेर सडक अवरोध पारेपछि जुलुशले विहानै देखी दर्जनौं पटक बजार परिक्रमा गरेको थियो । सुरक्षाकर्मीहरु छेउलागेर हिंड्नु बाहेक कुनै विकल्प रहेन । मुलुकमै पहिलो पटक उद्योग बाणिज्य संघ म्याग्दीले लोकतान्त्रीक आन्दोलनमा उत्रन आग्रह गर्दै विज्ञप्ती जारी गर्‍यो ।
चैत २३ गते नै आन्दोलनमा सहभागीहुन आग्रह गर्दै प्राध्यापक संघ, शिक्षक संगठन/संघ, ईन्सेक प्रतिनिधीको कार्यालय, मानवअधिकार संगठन, शान्ति समाज, शिक्षक युनियन, पापड, नागरिक समाज, अनेरास्ववियु, नेवि संघ,स्ववियु म्याग्दी क्याम्पस, निजी तथा आवसिय विद्यालय समवन्य समिति, नेपाल वार एशोसियसन र क्युपेक नेपालले संयुक्त पेस विज्ञप्ती प्रकाशित गरेका थिए ।
म्याग्दी २५, चैत–
आमहड्तालको दोस्रो दिन अर्थात चैत २५ गते प्रर्दशनकारीहरुले शिक्षा कार्यालय, हुलाक, राष्ट्रिय बाणिज्य बैंक लगाएत दर्जनबढी सरकारी कार्यालयमा तालाबन्दी गरे । बन्द तला संयुक्त सुरक्षाफौजले फोडे ।
निरंकुश राजतन्तको पुत्ला बोकेको र उग्रनारा लगाउंदै निक्लेको जुलुशले धेरै पटक बजार परिक्रमा गरेको थियो । प्रहरीले हुलाकचोकमा प्रर्दशनकारीले बोकेको पुत्ला खोस्न लाग्दा सामन्य झडप भएको थियो ।सुरक्षाकर्मी संयमित भएपछि अप्रिय घट्नाबाट जोगियो ।
जनआन्दोलनको पहिलो दिन शान्ति र प्रजातन्त्रकालागी पेशागत सञ्जाल (पापड) का संयोजक दयासागर शर्मा र सदस्य अजयमिलन श्रष्ठको गिरफ्तारीको विरोध गर्दै पेशाकर्मीलाई हतोत्साही बनाउने शाहीसरकारको दस्प्रयासको निन्दा गर्दै लोकतान्त्रिक आन्दोलनमा थप एक्यवद्धता जनाउंदै विज्ञप्ती जारी गर्‍यो ।
लोकतान्त्रीक आन्दोलनमा एक्यवद्धता जनाउंदै बेनीका विभिन्न १२ वटा धार्मिक संस्थाहरु लक्ष्मीनारायण मन्दीर विकास समिति, माईभगवती मन्दिर संरक्षण समिति, शिवालय मन्दिर संरक्षण समिति, सत्यसाई केन्द्र, गणेश मन्दिर संरक्षण समिति, महारानी क्षेत्र विकास समिति, म्याग्दी बौद्ध संघ, नपाल भाषामंका खलः, तत्वज्ञान हिन्दूधर्म सेवा समिति, बेनी कोट भण्डार संरक्षण समिति, पर्वत बेनी भिमसेनथान संरक्षण समिति र विश्व हिन्दु महांसंघले संयुक्त विज्ञप्ती जारीगरी सवै धर्माभिरुहरुलाई आन्दोलनमा सहभागीहुन आग्रह गर्‍यो । त्यसैगरि आन्दोलनमा एक्यवद्धता जनाउंदै सामुदायिक वन उपभोक्ता महांसंघले पनि विज्ञप्ती जारी गर्‍यो ।

म्याग्दी, २६ चैत–
चैत २६ गते म्याग्दीको राजनैतिक आन्दोलनमा सुनौलो अक्षरले कोरिएको छ । हिंसात्मक बनेको भएपनि यो दिनको आन्दोलनमा बेनीबासीले देखाएको अदम्य साहस र सहभागिताले प्रशासनलाई निउरी मुन्टो न लगाउन बाध्यपारेको थियो ।
आन्दोलनको तेस्रो दिन जिल्ला प्रशासन कार्यालयले दलको प्रर्दशनलाई रोक्न बेनी बजारको मंगलाघाटपुलबाट विरेन्द्रचोक, प्रशासनकार्यालय क्षेत्र, दुरसंञ्चार कार्यालय क्षेत्र, पारीबेनी, नेपाल, बैंक रोड, बालमन्दीरचोक हुंदै खुल्ला मञ्चसम्म आवत–जावत गर्न र भेलाहुन निषेध गरिएको थियो । जनताको तागतलाई चुनौति दिन लगाईएको निषेधज्ञालाई विशाल जुलुशले तोड्न लाग्दा प्रहरी–प्रर्दशनकारी विच झडप भयो । महिला नेतृ दुर्गा कार्की (बानियाँ) सुरक्षाकर्मीले लगाएको कांडेतारको बार भत्काउने पहिलो साहसिक आन्दोलनकारी हुन् । झडपमा करिव तिन घन्टा ढुट्टा हानाहान भएको थियो । जुलुश नियन्त्रण गर्न प्रहरीले दुई राण्उड हवाई फायर र दर्जनबढी पटक अश्रुग्यास प्रहार गर्‍यो । प्रहरीनायव उपरिक्षक योगेश्वर रोमखामीको नेतृत्वमा प्रहरीले बजार घेराहाली प्रर्दशनकारीलाई विचमा पारेर ब्यापक लाठी चार्ज गरेपछि भिड नियन्त्रणमा आएको थियो ।
भिडन्तक्रममा प्रहरी नयाव उपरिक्षक योगेश्वर रोमखामी, प्रहरी निरिक्षक गोगेन्द्रसिं थापा समेत १४ प्रहरी घाईते भए । झडपमा याम किसान,विष्णु जिसी,दुर्गा सुवेदी,प्रदीप क्षेत्री,हृदय श्रेष्ठ,नवराज श्रेष्ठ,सुजन श्रेष्ठ,शिशिर बानियाँ लगाएत दर्जनबढी प्रर्दशनकारी सख्त घाईते भए । घाईतेमध्य याम किसानको खुट्टा भाचिएको छ भने कपडा ब्यापारी दुर्गा सुवेदीको टाउको चोटलागेको छ । विष्णुबहादुर जिसीको कोखामा चोट लागेको छ । जिसी र किसानलाई उपचार गर्न पोखरा सम्म पुर्‍याईएको थियो । प्रहरीले एमाले उपसचिव नरदेवी पुनसमेत १४ जना नेता कार्यकतालाई पक्राउ गर्‍यो । पक्राउ परेका सवै सांझ रिहा भए ।
लोकतान्त्रिक आन्दोलनमा साहित्यकर्मीहरुले पनि सकृय सहभागी हुंदै सवै साहित्य अनुरागलाई एक्यवद्धता जनाउंन आहृवान गर्दै पौलत्स्य साहित्य समाज, गैहृसरकारी संस्था महांसंघ, म्याग्दी साहित्य समाज, म्याग्दी पुस्तकालय, मधुसुदन स्मृति साहित्य प्रतिष्ठान,कलावती कार्की छात्रवृति संस्था र नेपाल मगर विद्यार्थी संगमले विज्ञप्ती प्रकाशित गरे ।
चैत २७ गते
जनआन्दोलन दिवस मनाउने क्रममा शनिवार प्रहरीले गरेको दमनको विरोधमा आईतवार बेनीमा हजारौंको जुलुशले निषेधज्ञा तोड्दै प्रर्दशन गरेको छ । जनप्रतिरोध बढ्पेछि प्रहरी पछि हट्न बाध्य भयो ।
प्रहरीले आन्दोलनक्रममा घाईते भएका आन्दोलनकारीलाई उद्दार गर्न लागेको आरोपमा नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्सलाई समेत नियन्त्रण लिएको थियो । प्रहरीले एम्बुलेन्सको चापी तिन घन्टापछि फिर्ता दिएको एम्बुलेन्स चालकले बताए ।
त्यसैगरि प्रहरीले चैत २४ गते विहान पक्राउ गरेका नेपाली कांग्रेस उपसभापति रेशमबहादुर बानियां, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष शिवकुमार श्रेष्ठ, उपाध्यक्ष हिराबहादुर के.सी.लाई दिउंसो ४ बजे रिहा गर्‍यो । उनीहरुलाई स्थानिय प्रशासनले ९० दिने नजरबन्दको पुर्जी दिएको थियो । 
२६ गतेको शान्तिपुर्ण नागरिक प्रर्दशनमा प्रहरी हस्तक्षेपको विरोध गर्दै नेपाल शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले विरोध गरे । त्यसैगरि नागरिक प्रर्दशनमा हस्तक्षेपको विरोध गर्दै रत्न साहित्यिक पत्रिका तथा पौलत्स्य साहित्य समाजले पनि विज्ञप्ती प्रकाशित गरे ।
पहिलो चरणको आमहड्तालमा सक्रिय सहभागिता जनाएकोमा उद्योग बाणिज्य संघ, पापड, नागरिक समाज, शिक्षक संघ/संगठन, अनेरास्ववियु, नेविसंघ, स्ववियु म्याग्दी क्याम्पस, प्राध्यापक संघ, पत्रकार, गैहृसरकारी संस्था महांसं, लगाएत सवै संघसंस्थालाई धन्यवाद दिंदै अनिश्चितकालिन आमहड्तालमा उत्रन आहृवान गर्दै एमाले सचिव भुपेन्द्र बहादुर थापा, कांग्रेस सचिव माधव रेग्मी, जनमोर्चाका टेकबहादुर थापा र कांग्रस प्रजातान्त्रिकका नेत्र महतले विज्ञप्ती जारी गरे ।
चैत २८ गते
एकाविहानै देखी हजारौं सहभागि जुलुशले बजारमा प्रर्दशन जारी राखे । बन्दको कारण म्याग्दी क्याम्पसमा सोमबारको प्रमाण पत्र दोस्रो वर्षको परिक्षा समेत हुन सकेन । आन्दोलनमा एक्यवद्धता जनाउंदै आज अन्तर बैंक कर्मचारी संघका म्याग्दीका अध्यक्ष्य ज्ञानप्रसाद भुषाल नेपाल वित्तिय संस्था कर्मचारी संघका जिल्ला अध्यक्ष्य गोपी शर्मा लामिछानेले संयुक्त विज्ञप्ती प्रकाशित गरे । त्यसैगरि नेपाल सुनचांदी ब्यवसायी संलले पनि आन्दोलनलाई समर्थन र एक्यवद्धता जाहेर गर्दै विज्ञप्ती जारी गरे ।

चैत २९ गते
विहान ६ बजेदेखी नै शुरु भएको बिशाल जुलुशले सदरमुकाम बेनीका अधिकांश सरकारी कार्यालयको साईनबोर्डमा ‘श्री ५ को सरकार’ लाई ईनामेलले मेटी उक्त ठाउंमा ‘नेपाल सरकार’ लेखेर नयां नेपाल स्थापनाको घोषणा गरे ।
पहिलो दिन जिल्ला शिक्षा कार्यालय, हुलाक, घरेलु तथा साना उद्योग कार्यालय, महिला विकास, मालपोत विधुत प्राधिकरण लगाएत कार्यालयका बोर्डलाई आन्दोलनकारीहरुले परिवर्तन गरे । उनीहरुले गलेश्वर स्थित ‘श्री ५ ज्ञानेन्द्र–कोमल उद्यान’को बोर्ड समेत झिकेर फालिदिए । यो एतिहांसिक दिन थियो ।
राजतन्त्र विरोधी गगनभदी नारा लगाउंदै निक्लेको विशाल जुलुशलाई सरकारी कार्यालयका प्रमुख समेत सवै कर्मचारीले ताली पिटेर स्वागत गरे । लोकतान्त्रीक जनआन्दोलनलाई एक्यवद्धता जनाउंदै राष्ट्रिय बाणिज्य बैंक, कृषी विकास बैंक र नेपाल बैंक लिमिटेडका कर्मचारीले कारोवार बन्द गरे । लोकतान्त्रीक आन्दोलनमा निजामति कर्मचारीले पनि एक्यवद्धता जनाएका छन् । विहिवार सवै गाविस सचिवहरुले सवै कामकाज बन्द गरे । नेपाल निजामति कर्मचारी संगठनले प्रेस विज्ञप्ती जारी गरि सवै निजामति कर्मचारीलाई कलमबन्द गरि सडकमा ओर्लन आहृवान गर्‍यो ।
फुटवल संघ, भलिवल, करांते संघ लगाएतका १२ खेलकुद आवद्ध संस्थाहरु पनि छुट्टै भब्य जुलुशमा प्रर्दशन गरे ।
चैत ३० गते
लोकतन्त्रीक गणतन्त्रको माग राख्दै म्याग्दी सदरमुकाम बेनीमा बुधवार हजारौं महिलाहरुले ऐतिहांसिक जनप्रर्दशन गरे ।
आमहड्तालको सातौं दिन सदरमुकाम बेनीका महिलाहरु काखमा बच्चा च्यापेर सडकमा सडकमा ओर्लेका छन् । लोकतान्त्रीक आन्दोलन क्रममा काखमा बच्चा च्यापेर महिला सडकमा आएको यो नेपालकै पहिलो अवसर थियो । म्याग्दीका महिलाले देशभरी आन्दोलनलाई उठाउन धेरै महत्वपुर्ण भुमिका छ । महिला नेतृ नरदेवी पुन र गैहृसरकारी संस्था महासंघकी दुर्गा कार्कीले एतिहांसिक महिला प्रर्दशनको कुशल संयोजन गर्ने जिम्मेवारी बहन गरेका थिए ।
‘चुलोचौको छोडिन्छ, लोकतन्त्र ल्याईन्छ’ जस्ता गगनभेदी नारा लगाउंदै सडकमा ओर्लेको यति बिशाल महिला प्रर्दशन संभवत नेपालकै राजनैतिक आन्दोलनको ईतिहांसमा पहिलो भएको दलहरुले बताएका छन् । सडकमा ओर्लिएका महिलाहरुलाई स्वागत गर्न स्थानियबासीले घरका कौषी र छलबाट पानी र फुलपाती बर्साएका थिए । कर्मचारीहरुले ताली बजाएर एक्यवद्धता जनाए ।
विहान ११ बजे संगमचोकबाट शुरु भएको जुलुशले गणेशटोल, पीपलचोक, अस्पतालचोक, क्याम्पसचोक, न्युरोड, हुलाकचोक, विरेन्द्रचोक, मंगलाघाट, प्रशासन कार्यालय, जिल्ला प्रहरी कायालय, बैकरोडहुंदै संगमचोकमा पुगेर सभामा परिणत भएको थियो । उनीहरुले संगमचोकलाई लोकतान्त्रीकचोक नामाकरण समेत गरेका छन् । जनआन्दोलनक्रममा प्रहरीले यही चोकमा प्रर्दशनकारीलाई निर्मम दमन गरे ।
सभालाई एमाले उपसचिव नरदेवी पुन, नेपाल महिला संघकी जिल्ला अध्यक्ष्य यशोदा बानियां, गैहृसरकारी संस्था महांसंघकी अध्यक्ष्य दर्गा कार्की, अनेरास्ववियु जिल्ला अध्यक्ष्य तथा स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी क्याम्पसकी उपसभापति ईन्दु बानिया, जनमोर्चाकी जुना विक, र धवलध्वनी साप्ताहिकी सम्पादक रेखा रेग्मीले लोकतन्त्र प्राप्त नभएसम्म जनआन्दोलनमा साथ दिईरहने प्रतिज्ञा गरे ।
चैत ३१ गते
आमहड्तालको आठौं दिन अर्थात चैत ३१ गते म्याग्दीका हजारौं अपाङ्गहरु, दलितहरु र पहिलो पटक मुस्लिम समुदायले समेत प्रर्दशन गरे । लोकतान्त्रीक आन्दोलनमा धार्मिक समुदाय संगठित रुपमा ब्यानर लिएर सडकमा आएको यो पहिलो अवसर हो । 
आ–आफ्ना ब्यानर बोकेका निक्लेको जुलुशमा पर्वत जिल्लाको माझफाँ र लेकफाँट गाविस, सिंङ्गा, पात्लेखेत आदी गाविसबाट आएका सर्वसाधारण र सदरमुकामबासीसमेत सहभागी भएका थिए ।
म्याग्दी मुश्लीम समाज तथा जातिय समाता समाज, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित संघ, दलित उत्थान केन्द्र,दलित जनसमाज, दलित विकास सेवा केन्द्र र परियार सेवा समाज लगाएत पांचवटा दलितहरुको संस्थाद्धारा प्रर्दशनको आयोजना गरिएको हो । ‘हामी जिल्लाको राजनैतिक आन्दोलनमा पहिलो पटक सहभागी बन्दैछौं, पुर्णलोकतन्त्रले मात्र मानवअधिकार र दिगो शान्ति प्राप्त हुन्छ भन्ने विश्वास हामी अल्पसंख्यक मुसलमानहरुमा छ’ समाजका अध्यक्ष्य रहमान खांनले बताए ।
आन्दोलनमा उर्जा थप्दै नागरिक समाज म्याग्दीले बेनी संगमचोकमा ‘लोकतान्त्र स्थापनाकोलागी आम हड्ताल र जनआन्दोलनको आवश्यककता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो ।
बैशाख १ गते
मुलुकमा जारी जनआन्दोलनमा सरकारी हस्तक्षेप र दमनकाकारण तनावपुर्ण बन्दै गएको बेला बेनीबासीले भने आन्दोलनमै नयां बर्ष मनाए । नयां वर्षसंगै लोकतान्त्रीक ब्यवस्थाको स्वागत गर्न टांगिएका तुल र ब्यानरले बेनी बजार बेहुली झै सिंगारिएको छ । बजारका चोक–चोक र टोल–टोलमा टांगिएका सयौं तुलहरुले रंगिएको देख्दा लाग्छ, यहां कुनै उत्सव मनाईदैछ । अर्थात मुलुकमा लोकतन्त्र प्राप्त भै सकेको भानहुन्छ ।
मुलुक भर र जिल्लामा संञ्चालित आन्दोलनमा पनि भएको सरकारी धरपकड र झडपबाट तनावपुर्ण अवस्थामा शुरु भएको नयाँ बर्ष ०६३ सालको उपलक्ष्यमा पुर्णलोकतान्त्रक प्राप्ती तर्फ उन्मुख आन्दोलनलाई शुभकामना ब्यक्त गर्न टाँगिएका तुल र ब्यानरले बेनीबजार बेहुली झै सिंगारिएको हो ।
बजार तुलहरुले सिंगारिएको मात्र होईन, चोक र सडकका नामपनि आन्दोलनकारीहरुले परिवर्तन गरिदिएका छन् । उनीहरुले संगमचोकलाई लोकतान्त्रिक चोक र हुलाकचोकलाई परिवर्तनचोक नामाकरण गरे ।
सदरमुकामका ब्यापारी र ब्यवसायीहरुले टांगेका शुभकामना तुलहरुले लोकतान्त्रीक आन्दोलनमा सहभागी बन्न ग्रामिण भेगबाट आउने हजारौं सर्वसाधारणलाई झन हौसाएको छ । ब्यापारी, विद्यार्थी, युवा, कृषक, ब्यवसायी, पेशाकर्मी, कर्मचारी, मजदुरहरु लागाएत दर्जनौं संघसंस्था सम्मिलित हजारौंको जुलुश प्रर्दशन हुने गरेको छ ।
त्यसैगरि नयाँबर्षको पहिलो दिन जिल्लामा कृयाशिल बिभिन्न ११ वटा खेलसंस्थाहरुले पर्णलोकतन्त्र सर्मथन गर्दै प्रर्दशन गरे । प्रर्दशनमा सहभागी खेलाडीहरुले नयांबर्षको अवसरमा देशबासीको नाममा ब्यक्त राजाको लालीपपमा नफस्न र नयां उचाईमा पुगिरहेको पुर्णलोकतन्त्र प्राप्तीको आन्दोलनलाई गद्दारी गर्ने कुचेष्टा नगर्न नेताहरुलाई सचेत समेत तुल्याएका छन् ।
‘खेलाडीहरुको चाहना–लोकतन्त्रको स्थापना’ जस्ता गगनभेदी नारा लगाउंदै एका विहानै आ–आफ्ना खेल पोषाकमा सजिएका सयौं तन्नेरी खेलाडीहरुको जुलुशले बजार परिक्रमा गर्दा स्थानियबासी दंग परेका थिए । देशमै पहिलो पटक लोकतन्त्रको पक्षमा आफ्नै पोसाक र ब्यानर बोकेर जुलुशमा निक्लेर खेलाडीहरु ब्यक्ति पुजाको विरुद्ध विधिको शासन चान्छन भन्ने सन्देश दिएका छन् ।
जिल्ला भलिवल, ब्याडमिन्टन, फुटवल, टेवुलटेनिस, करांते, तेक्वान्दो, क्रिकेट, बास्केटवल, शारिरिक सुसंगठन, एथ्लेटिक्स र जिल्ला आर्चरी संघ रहेका छन् ।
त्सैगरि शुक्रवार बेनीमा युवा तथा विद्यार्थीको नेतृत्वमा प्रर्दशन भएको छ । जिल्लामा कृयाशिल चार दलका युवा तथा विद्यार्थीहरुले जुलुश निकालेका थिए ।
लोकतन्त्रको पक्षमा जिल्ला दोहरी गायकहरुले लोकतान्त्रीक दोहरीगित कार्यक्रमको आयोजना गरे । सदरमुकामको संगमचोकमा भएको दोहरीगीत सुन्न सरकारी कर्मचारी, सुरक्षाकर्मी र हजारौं स्थानियबासीको उपस्थित थिए । कलाकारहरुले लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्ना गित प्रस्तुत गरेका थिए ।
बैशाख २ गते
आज संयुक्त जनआन्दोलन संयोजन समिती म्याग्दीले आयोजना गरेको जुलुशमा हजारौं सर्वसाधारण सहभागी भए । साँझ सदरमुकाम वरपरका डांडाहरु मल्लाज, ज्यामरुककोट, भगवति, भकिम्ली, धाईरिङ्ग आदी गाउंमा मशाल जुलुश प्रर्दशन भए । ति ठाउंमा माओवादीको समेत सहभागिता रहेको छ ।
सडकमा बसेका सुरक्षाकर्मीहरु समेत आन्दोलनबाट उत्साहीबन्दै ताली बजाउन थालेको छन् । आन्दोलनलाई सर्मथन गर्दै सामुदायिक विद्यालय राष्ट्रिय नेटवर्क म्याग्दीले पनि विज्ञप्ती प्रकाशित गरेको थियो । आन्दोलनमा पर्वत बेनीको पनि सकृय सहभागीता रहेको छ । म्याग्दीबेनीको प्रत्यक दिनको आन्दोलनमा पर्वत बेनी लगाएत धाईरिङ्ग, मल्लाज, लेखफांट, सालिजा र बांसखर्कबाट दैनिक सहभागिता हुने गपरेको थियो ।
बैशाख ३ गते
लोकतन्त्रको माग राख्दै म्याग्दीमा हजारौं किसान तथा मजदुरहरुले प्रर्दशन गरे । बेनीमा दैनिक एकपछि अर्को एतिहांसिक प्रर्दशन भै रहेका छन् । प्रर्दशनमा सहभागीहुनेहरुको संख्या दैनिक बढी रहेको छ ।
जनआन्दोलनको ११ औं दिन कांधमा कुटो–कोदालो र हलो–जुवा बोकेका किसानहरु, बेल्चा, गल, घन, समेतका निर्माण औजारहरु बोकेका १५ हजारबढी किसान र मजदुरहरुलेसडकमा ओर्लेका छन् ।
लोकतान्त्रिक आन्दोलनमा सहभागीहुन ग्रामिण भेगबाट आएका किसानहरुलाई स्वागत गर्न सदरमुकामबासीले घरका छत र छलबाट पानी बर्साएका थिए । कतिपयले आफ्ना घर अगाडी खानेपानी राखेर स्वागत गरेका थिए ।
आन्दोलनलाई स्वागत गरेको आरोपमा सरकारी कर्मचारीहरुलाई कारवार्हीको धम्की दिने जिल्ला विकास समितिका मनोनित उपसभापति अमृत श्रेष्ठ, राजपरिषद सदस्य रुद्रबहादुर के.सी., शाही मन्त्री जगत गैचन, भीमप्रसाद गौचन, नारायणसिंह पुन,चक्रप्रसाद तुलाचन लगाएतका निरंकुशत राजाका समर्थकलाई आन्दोलनकारीले कालोसुचिमा राखेको घोषण गरे ।
सभामा किसान तथा मजदुर नेताहरुले उत्कर्षमा पुगिरहेको लोकतान्त्रीक आन्दोलनलाई सम्झौतामा नटुङ्गाउन दवाव दिए ।
बैशाख ४ गते
लोकतान्त्रीक आन्दोलनमा एक्यवद्धता जनाउंदै एक हातमा रातो चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा र अर्को हातमा कालो पट्टी बांधेका दशौं हजार उद्योगी–ब्यापारीले बेनीमा प्रर्दशन गरे । आन्दोलनमा राष्ट्रिय झण्डा प्रयोग गरिएको संभवत यो पहिलो हो ।
जुलुशको अग्रपंक्तिमा कालो कपडामा ‘बारम्बार हुने बन्द र हड्तालको अन्त्य गर्न, लोकतान्त्र स्थापनाकोलागी अघि बढौं’ भन्ने ब्यानर राखेर उद्योग बाणिज्य संघ म्याग्दीको नेतृत्वमा दशौंहजार उद्याृेगी–ब्यापारी सडकमा ओर्लेका हुन् । जुलुशमा सदरमुकाम बाहेक बावियाचौर, सिंङ्गातातोपानी, गलेश्वर, र पर्वत जिल्लाको मिलनचोक, धाइरिङ्ग लगाएतका सानाबजारबाट समेत ब्यापारी सहभागी भएका थिए ।
प्रर्दशनकारी ब्यापारीहरुले आईतवार कांग्रेस सभापति गिरीजा प्रशाद कोईरालाले रेडियो विविसी नेपाली सेवा लगाएतका संञ्चारकर्मीसंग दिएको अन्तबार्ताको आलोचना गरे ।
ब्यापारीले समेत जिविस उपसभापति अमृत श्रेष्ठलाई लोकतान्त्रीक आन्दोलनको कालो सुचिमा राखेको घोषणा गरे । श्रेष्ठलाई आन्दोलमाथी दमन गर्न विभिन्न सुरक्षाकर्मीलाई दवावदिने, आन्दोलन विरोधी गतिविधी संञ्चालन गर्ने गरेको, अज्ञात नागरिक समाजको नाममा अपिल वितरण गरेको तथा आन्दोलनलाई ताली बजाएर सर्मथन तथा स्वागत गर्ने सरकारी कर्मचारीलाई जागिर खाईदिने जस्ता धम्की दिने गरेको आरोप छ ।
बैशाख ५ गते
लोकतन्त्रीक आन्दोलनले एक पछि आर्को उचाई थप्दै गएको छ । आन्दोलनमा एक्यवद्धता जनाउंदै निजामति कर्मचारीलगाएत विभिन्न १९ वटा पेशाकर्मी संगठनहरुले बैशाख ५ गते बेनीमा प्रर्दशन गरेका छन् । आमहड्ताल १३ औं दिनमा पुग्दा यहांका सवै कर्मचारीले ‘पेन डाउन’ गरि आन्दोलनमा ओर्लेका हुन् ।
प्रर्दशनमा सुरक्षाकर्मी र कार्यालय प्रमुखहरुबाहेक सवै तहका निजामति कर्मचारी, शिक्षक, श्वास्थ्यकर्मी, कानुन ब्यवसायी, पत्रकार, प्राध्यापक, अन्तरबैंक कर्मचारी, नेपाल वित्तिय संस्थाका कर्मचारी, गैहृसरकारी संस्थामा कार्यरत कर्मचारी, जिविस कर्मचारी संघ, बनपाले संघ जस्ता पेशागत संगठनमा आवद्ध हजारौं कर्मचारीहरु सडकमा ओर्लेका हुन् ।
लोकतान्त्रीक आन्दोलनको क्रममा घाईतेभएकाहरुकोलागी जिल्लाका सवै शिक्षक तथा कर्मचारीहरुले एक दिन बराबरको तलब सहयोग गर्ने भएका छन् । बैंकिङ्ग क्षेत्र, गैहृसरकारी क्षेत्रमा कार्यरत सवै कर्मचारीले पनि एक दिनको तलव आन्दोलनका घाईते उपचारार्थ सहयोग गरे । उद्योग बाणिज्य संघका अध्यक्ष्य प्रमोद श्रेष्ठको अध्यक्षतामा घाईते सहयोग कोष संकलन समिती बनेको छ ।
निजामति कर्मचारी संगठन तथा पेशागत महाँसंघ जिल्ला समितिको संयोजकत्वमा ‘शान्ति, लोकतन्त्र र स्थीरता, पेशागत हकहितको सुचिश्चितता’ भन्ने ब्यानरमा जिल्लाका शिक्षक, कर्मचारीहरु सडकमा आएका हुन् । प्रर्दशनमा भागलिन ग्रामिण भेगका शिक्षक र श्वास्थ्यकर्मीहरु आएका थिए ।
संयुक्त जनआन्दोलन संयोजन समितिले पनि आज छुट्टै विशाल प्रर्दशन गरेको छ । प्रर्दशनमा दुर्गम अर्मन, पाल्लेखेत, झिं, बावियाचौर, बरंजा लगाएतका गाउंबाट समेत सर्वसाधारण सहभागी भएका छन् ।
म्याग्दी जेसिजले बेनीमा घन्टी तथा उल्टो शंख बजाउंदै जुलुश प्रर्दशन गर्‍यो । युवाहरुले ‘शासन ब्यक्तिको होईन, विधिको हुनपर्छ’ ‘नेपालीको चाहना लोकतन्त्रको स्थापना’ भन्ने ब्यानर बोकेका उनीहरुले सिठ्ठी, झ्याली, घन्टी र एकोहोरो शंख बजाउंदै प्रर्दशन गरेका हुन् ।
आन्दोलनको दवाव बढ्दै गएपछि जिविस उपसभापति अमृतकुमार श्रेष्ठलगाएत सात जना सदस्यले राजिनामा गरे । श्रेष्ठले लोकतान्क्रिक आन्दोलनको विरोधी गर्दै ‘राष्ट्रघाती, जनविरोधी त्रियाकलापको विरोध भर्त्सना गरौं’ भन्ने पर्चा निकाल्दै वितरण गरेका थिए । श्रेष्ठले यस लेखकलाई दिएको उक्त पर्चा सुरक्षित छ ।
लोकतन्त्रको माग राख्दै जनजाती समाज म्याग्दीले पनि बैशाख ६ गते बिशाल प्रर्दशन गरेका छन् । प्रर्दशनमा सहभागी बन्न सातुसामल आफै लिएर र दुईदिनको बाटो हिंडेर समेत जनजातीहरु आएका थिए ।
आन्दोलनमा सहभागी सातुसामल बोकेर ७० वर्षका बृद्धबृद्धाहरु सम्मका आएका छन् । जिल्लामा झण्डै ७५ प्रतिशत जनजातीको बसोबास रहेको छ । प्रर्दशनमा मगर, छन्त्याल, नेवार, गुरुङ्ग र थकाली समुदायका विसहजार बढी सहभागी थिए ।
जिल्ला प्रशासन कायालयले अञ्चल प्रशासन कार्यालय बाग्लुङ्गको चं नं. ११०३ को पत्रलाई उदृत गर्दै चलानी नं २५७६, ०६३/३/६ गतेको मितिमा जिल्ला स्थित विभिन्न सरकारी तथा गैहृसरकारी कार्यालयहरुमा पत्र पठाई राष्ट्रसेवक कर्मचारीले आम हड्ताल र आन्दोलनमा एक्यवद्धता र सर्मथन जनाउने, चन्दा संकलन गर्ने जस्ता दुस्प्रयासको थालनी गरिरहेको भन्ने बुझिएकोले त्यस्ता कर्मचारी उपर प्रचलित कानुन बमोजिम कडा कारवाहीै गर्ने धम्की दियो । तर दुभाग्य यस्तो पत्रकाटी कर्मचारीलाई धम्काउने तिनै प्रमुख जिल्ला अधिकारीलाई यहांका दलहरुले पुरस्कृत गरे ।
बैशाख ७ गते
आज आमहड्तालको १५ औं दिन । बेनीमा ३० हजारको हाराहारीमा सहभागीले प्रर्दशन गरे । दलहरुले ४० हजारभन्दा बढीको सहभागिता रहेको दावी गरेका छन् ।
जुलुशले बजारको एक छेउबाट अर्को छेउसम्म पुरै ठप्प थियो । सडकका कुनै चोकबाट ‘सडक क्रस’ गर्ने ठाउं थिएन । निर्धारित कार्यक्रम स्थल संगमचोकमा मान्छे नअटेपछि आयोजकले कार्यक्रम खुल्ला मञ्चमा सारेका थिए । झडप र अप्रिय घट्ना हुन नदिन जुलुशलाई टाउकोमा रातो रुमाल बांधेका दलका सयौं स्वयंमसेवकको सांङ्लोले मर्यादित बनाएको थियो । जुलुशका सहभागीले राजतन्त्र विरोधी र लोकतान्त्रीक गणतन्त्रको पक्षमा नारा लगाएका थिए ।
प्रर्दशनमा सहभागीहुन मुना, ताकम, नारच्याङ्ग, शिख, दर्वाङ्ग जस्ता दुर्गम गाउंबाट झोलामा सातुसामल बोकेर आएका थिए । जुलुशमा छिमेकी पर्वत जिल्लाको मल्लाज र धाईरिङ्ग क्षेत्रबाट समेत सहभागिता रहेको थियो । विहिवार म्याग्दी सदरमुकाम बेनीमा उर्लेको मानव सागर देख्दा सुरक्षाकर्मीहरु समेत दंग परेका थिए । यो प्रर्दशन जिल्लामा आजसम्मको सवैभन्दा ठुलो र ऐतिहांसिक प्रर्दशन मानिएको छ ।
तिसौं हजारको सहभागी जुलुशले बजार डुल्दा सुरक्षाकर्मीहरु भने आआफ्ना कार्यालय गेटमै संयमित भएर उभिएका थिए । अञ्चल प्रशासक रामजी विष्ट, शाही मन्त्री जगत गौचन, भिम प्रसाद गौचनहरुले दमन गर्न पटक–पटक दिएको निर्देशन गरेकोमा स्थानिय सुरक्षा अधिकारीहरुले त्यसको अवज्ञा गरे । प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले निर्देशन आएको पुष्टी गरे । अञ्चल प्रशासन कार्यालयले च.नं.११०३ मिति ०६३ बैशाख ६ गते त्यस्तो निर्देशन पठाएका थिए ।
बैशाख ८ गते
म्याग्दी जेसिजद्धारा लोकतन्त्रको माग गर्दै कालो वस्त्र लगाएर प्रर्दशन गरे । राजतन्त्र विरुद्ध चर्का नारा लगाउंदै संगमचोकबाट निक्लिएको जुलुशले गणेशटोल, प्रगतीटोल, पिपलचोक, अस्पतालगेट, क्याम्पसचोक, न्युरोड, हुलाकचोक, प्रशासन कार्यालय, प्रहरी कार्यालय, बैंक रोडहुंदै संगमचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
यसैविच कोण सभा चलिरहेको बेला दिउंसो कांग्रेसका एक जिल्ला नेताको मोवाईलमा कसैले अहिले दुई बजे राजाको सम्बोधन हुंदैछ भन्ने एसएमएस पठाईदिएपछि, कार्यक्रम स्थगन गरि मञ्चमै टेलिभिजन सेट जोडिएको थियो तर त्यो मिथ्या सावित भएपछि एकछिन अलमल समेत भयो । पुस्तक स्टेसनरी तथा छपाई ब्यवसायी संघले आज विज्ञप्ती प्रकाशित गरि आमहड्ताललाई अझ उचाईमा पुर्‍याउन लोकतान्त्रीक आन्दोलन जारी राख्ने र खुट्टा कमाएर पछि नहट्न नेताहरुलाई आग्रह गर्‍यो ।
राजाले सांझ सात बजे सरकारी संञ्चार माध्यमद्धारा देशबासीको नाममा दिएको सम्बोधनलाई धोका हो भन्दै म्याग्दी सदरमुकाम बेनीमा राती नै प्रर्दशन भयो । पर्वत बेनीमा पनि विरोध प्रर्दशन भयो । बेनी वरपरका डांडाहरुमा मशाल जुलुश प्रर्दशन गरिए ।
बैशाख ९ गते
आज शाही सम्बोधनको पुत्ला बोकेको एक जुलुशले एकोहोरो शंख बजाउंदै बेनी घाटमा पुर्‍याएर दहन गरेको थियो ।
विरोध प्रर्दशनक्रममा सुरक्षाकर्मीको गोलीबाट बैशाख ८ गते पर्वत उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष्य गोविन्द शर्मा र सदस्य नेत्र पराजुली घाईते भएकोमा घट्नाको भर्सना गर्दै राजाको सम्बोधन धोका भएकोले आन्दोलनमा निरन्तर सहभागी बन्न म्याग्दी उद्योग संघका अध्यक्ष्य प्रमोद श्रेष्ठले प्रेस विज्ञप्ती जारी गरे । हिजोको शाही सम्बोधनलाई धोका हो भन्दै भुतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्रले विज्ञप्ती प्रकाशित गर्दै सवै भुपुहरुलाई सडकमा ओर्लन आग्रह गरेको थियो ।
बैशाख १० गते
स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा युवा विद्यार्थीहरुले आज शाही सम्बोधन विरुद्ध अर्धनग्न प्रर्दशन गरे । उनीहरुले गुप्ताङ्ग मात्र छोपेका थिए । दलहरुले पनि छुट्टै प्रर्दशन गरेका छन् ।
जनआन्दोलन संयोजन समितिकोसांझ आठदेखी ८.३० बजे सम्म ‘ब्ल्याक आउट’ गरिएको छ । ब्ल्याक आउट गरिएपछि सयौं दलका कार्यकर्ताहरु सडकमा ‘शाही सम्बोधन धोका हो, नासो हैन, पासो हो’ भन्दै जुलुश समेत गरे ।
बैशाख ११ गते
राजाद्धारा सोमवार राती संसदपुनःनिस्थापना गर्ने घोषणालाई दलहरुले सदरमुकाममा आंशिक जीत भन्दै विजयजुलुश निकालेका छन् । तर माओवादीले भने शाही घोषणामा माओवादीलाई सम्बोधन नगरिएको भन्दै छलपुर्ण कदम भन्दै विरोध गरे ।
दलहरुले सदरमुकाममा निकालेको विजय जुलुशमा हजारौं सर्वसाधारण सहभागी भए । उनीहरुले ‘शाही सम्बोधन ईमान्दारी पुर्वक पालना गर, माओवादी १२ बुंदे समझदारी पालना गर र दलहरु खुट्टा नकमाउ’ जस्ता नारा लगाएका थिए ।
राजाको घोषणालाई ‘कपटपुर्ण चाल’ भन्दै माओवादीले सदरमुकामदेखी १० किलोमिटर पश्चिम तातोपानी बजारमा विरोध प्रर्दशन गरे । पश्चिम म्याग्दीका १० गाविसबाट माओवादीको विरोध कार्यक्रममा सहभागी गराईएको थियो ।
सुरक्षा अधिकारीहरु पुरस्कृत
बैशाख १५ गते
जनआन्दोलन दवाउन अधिकवल प्रयोग गर्न आएको निर्देशनको अवज्ञा गर्दै संयमित भएको भन्दै दलहरुले जिल्ल्लास्थित सुरक्षाअधिकारीहरुलाई धन्यवाद दिए। । दलको यो निर्णय निक्कै आलोचित समेत भयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले पनि लोकतान्त्रीक आन्दोलनमा लामबद्ध र गोलबद्ध भएका राजनैतिक दललगाएत सवै संघ/संस्थाहरुलाई पत्र पठाई धन्यवाद र बधाई दिएका थिए ।
जनआन्दोलनमा संयमित भएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्मा र प्रहरी नायवउपरिक्षक योगेश्वर रोमखामीलाई जिल्ला जनआन्दोलन संयोजन समिति म्याग्दीले औपचारिक पत्रलेखी धन्यवाद दिएको थियो ।
दलहरुले पुरस्कृत गरेपनि जनआन्दोलन दमन गर्न चैत २६ गते प्रशासनले सदरमुकाम बेनीको केही क्षेत्रमा निषेधज्ञा जारी गरेको थियो भने डिएसपीको नेतृत्वमा प्रहरीले आन्दोलनकारीमाथी निर्मम बल प्रयोग गरेको थियो । निषेधज्ञा तोड्न खोज्ने प्रर्दशनकारीलाई प्रहरीले दुई दर्जनबढी अश्रुग्यांस, दुई राउण्ड गोली प्रहार गर्दै घरघरमा पसी निर्मम लाठी चार्ज समेत अगरेको थियो । आन्दोलनक्रममा अंगभंग हुनेगरि १६ जना प्रर्दशनकारी घाईते भएका थिए । हजारौं जनता जुलुशको प्रतिकारले मात्र निषेधज्ञा तोडिएको थियो । सुरक्षाअधिकारीलाई पुरस्कृत गरेकोमा आन्दोलनका घाईतेहरुले संन्तुष्ट भएनन् । समाप्त

१%
१%