- Loading...
म्याग्दीमा कक्षा १२ को परिक्षा निर्धारित मितीमै संञ्चालन गर्ने, केन्द्राध्यक्ष खाेज्ने जिम्मा शिक्षा तथा समन्वय प्रमुखलाइ
- पुनहिल डट कम
- ७ घण्टा अघि
- ११ पटक पढिएको

माध्यामिक शिक्षा परिक्षा समन्वय समिति म्याग्दीले कक्षा १२ को वार्षिक परिक्षा निर्धारित समय वैशाख ११ गतेदेखी नियमित संञ्चालन गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको बैठकले कक्षा १२ को परिक्षा निर्धारित समयमा गर्ने र शिक्षा विकास तथा समन्वय इकाइले वुधवारसम्म केन्द्राध्यक्ष ब्यवस्थापन गर्ने निर्णय गरेको हो ।
म्याग्दीमा कक्षा १२ को परिक्षा संञ्चालन हुने ५ वटा परिक्षा केन्द्र मध्य म्याग्दी बहुमुखी क्याम्पस र माउण्ट एभरेष्ट आवसीय माविमा सामुदायीक शिक्षक आवश्यक नपर्ने तथा अन्य मंगला मावि, प्रकाश मावि र बेनी सामुदायीक माविकालागी केन्द्राध्यक्ष ब्यवस्था गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई जिम्मा दिईएको हो ।
पर्वत जिल्लाको जलजला गाउँपालिकाकामा कक्षा १२ संञ्चालित २ वटा विद्यालय समेत म्याग्दीमा ३२ वटा विद्यालय कक्षा १२ को परिक्षामा सहभागी हुँदैछन ।
‘कक्षा १२ को माध्यामिक शिक्षा परिक्षा निर्धारित समयमै संञ्चालन गर्ने र परिक्षा संञ्चालन गर्न शिक्षा विकास तथा समन्वय इकाइले केन्द्राध्यक्ष ब्यवस्थापन गर्ने निर्णय भएको छ’ परिक्षा समन्वय समितिका अध्यक्ष रहेका प्रजिअ ढकालले भने, ‘२ वटा परिक्षा केन्द्रमा समस्या नहुने ठानेका छौं । शिक्षकहरु आन्दोलनरत रहेका सामुदायीक विद्यालयमा कसरी परिक्षा सञ्चालन गर्न भोली वैशाख १० गते अर्को वैठक बसेर परिक्षा संञ्चालनको अन्तिम मोडालिटी र ब्यवस्थापकीय टुङ्गो गर्छौ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
