FLASH NEWS
  • Loading...

कक्षा १२ को परीक्षा संञ्चालन झन ‘पेचिलाे’ बन्दै, वाेर्ड भन्छ परिक्षा गर्न निजामति कर्चचारी परिचालन गर्छाै, शिक्षक भन्छन, कापी कल्ले जाँच्छ नि ?

  • पुनहिल डट कम
  • ७ घण्टा अघि
  • ८८ पटक पढिएको
कक्षा १२ को परीक्षा संञ्चालन झन ‘पेचिलाे’ बन्दै, वाेर्ड भन्छ परिक्षा गर्न निजामति कर्चचारी परिचालन गर्छाै, शिक्षक भन्छन, कापी कल्ले जाँच्छ नि ?

राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। मंगलबार बसेको बोर्डको बैठकले यसअघि तोकिएको मितिमै कक्षा १२ को परीक्षा निजामती कर्मचारी परिचालन गरेर सञ्चालन गर्ने निर्णय गरेको हो।
तर बोर्डको कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्ने निर्णय गरेपछि महासंघ रुष्ट भएको छ । शिक्षकहरूको आन्दोलनका कारण शिक्षकहरूले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताउँदै अएका छन । राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मीहरू खटाएरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघले यस्तो बताएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षा निकायका मान्छे परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भनेको रहेछ,त्यो उसको कुरा हो,कोही पनि प्रधानाध्यापक शिक्षक र कर्मचारी त्यो प्रकृयामा सामेल हुँदैनौँ, नहुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ,कापी पनि उनीहरूले नै परीक्षण गरून्,परीक्षा पनि उनीहरूले नै चलाऊन्,हामी पनि हेरौँला।’
शिक्षा विधेयक जारी गर्न माग राख्दै महासंघको अगुवाइमा चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। कक्षा १२ को परीक्षा यही वैशाख ११ देखि सञ्‍चालन हुँदै छ। कक्षा १२ मा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदै छन्।