- Loading...
मुस्ताङ्गका गुफाहरू ढुङ्गेयुगकाे मानव वस्ती भएकाे पुष्टी
- घनश्याम खड्का
- १२ घण्टा अघि
- १८ पटक पढिएको

घुमघामको प्रमुख सजिन वसन्त ऋतुको मध्य याममा सयौं आन्तरिक तथा बाहृय पर्यटक बोकेका निजी तथा सार्वजनिक सवारी साधनहरुको बेनी–जोमसोम सडकमा लर्को छ ।
दैनिक हजारौं पर्यटकहरु मुस्ताङ उक्लिरहेका छन । पृथक भू–दृष्य, धार्मिक एवं साँस्कृतिक आर्कषणले अहिले हिमालपारीको हिमाली उपत्यका मुस्ताङमा पर्यटक आर्कषणले भीड लाग्दा रौनक फेरिएको छ ।
मुस्ताङ पुग्ने अधिकांश आन्तरिक तथा भारतिय पर्यटकहरु कागवेनी र मुक्तिनाथमा नुहाउने, नाङ्गा वालुवाका कलात्मक लाग्ने पहाडसँग तथा थोरै नेपाली नेपाल–चीन विचको २४ नम्बर सिमास्तम्भ रहेको कोरला नाकामा पुग्ने र तस्वीर खिच्नेमै सिमित छ ।
मुस्ताङका पर्यटन तथा होटल ब्यवसायीकै भाषामा नेपाली ‘हुईकिएर आउने, टुपक्क गास टिप्ने, फोटो, टिकटक खिच्ने र रातारात फर्किहाल्ने हतारका पर्यटक’ हुन । उनीहरु ‘मुस्ताङ पुगें’ भन्नु बाहेक यहाँको संस्कृति, प्रकृति र रहस्यमयी विचित्रता खोज्न चासै राख्दैनन ।
तर मुस्ताङमा आधुनिक मानव वस्ती वस्नु अघिका नवपाषणयुगिन (ढुङ्गे युग) मानव वस्ती विकास हुनु भन्दा अघि देखीकाे मानव सभ्यता अहिले मुस्ताङका यी अक्करे भीरमा लुकेको कुरा भने थोरैलाई मात्र जानकारी छ । हो, मुस्ताङको नवपाषणकालिन (ढुङ्गे युग) देखी प्रयाेगमा रहेका रहस्यमयी यी गुफाहरु आफैमा अद्धितीय छन ।
अन्नपूर्ण क्षेत्र आयोजना (एक्याप)का अनुसार मुस्ताङ्गका विभिन्न गाउँ छेउका भीरहरुमा करिव एक सयको हाराहारीमा मानवनिर्मित गुफा छन । यी मध्य झोङ्ग, मार्चुङ, निफु, गार्फुग, लुरी, चुन्सी, छ्योजोङ, मेद्राक, चैले, छुक्साङ, टुक्चे, कोवाङ, साम्जोङ आदी प्रमुख हुन ।
मुस्ताङ्गका गुफामा लुकेका मानव सभ्यताको पहिलो पटक सन १९९२–१९९७ सम्म जर्मन र नेपालको पुरातत्व विभागका पुरातत्वविदले मुक्तिनाथको पारी मेद्राक पहाडको गुफामा ‘बाल ममी’ फेला पारेका थिए । पुरातत्व विभागको डिएनए परिक्षण अभिलेख अनुसार उक्त छालासहितको अस्थिपञ्जर दुई हजार चार सय १४ बर्ष पुरानो रहेको थियो ।
त्यस्तै अमेरिकाका जैवपुरातत्वविद् डा.ज्याकलिङ इङ्ग, मानवशास्त्री मार्क एडलेन्डरको टोलीले पुरातत्व विभागको सहकार्यमा सन १०११–२०१२ मा उपल्लो मुस्ताङ्गको साम्जोङ्गका गुफा अन्वेषण गर्दा प्राचिन मानव सभ्यता (पाषणयुगकालिन) पुष्टि गर्ने इसापूर्व ७ सय वर्ष पुराना शवगृहमा मावन कंकाल, सुनका मुकुण्डो समेतका पुरातात्वीक महत्वका वस्तु फेला पारेको अन्वेषणमा संलग्न मध्यका एक नेपाली पुरातत्वविद् प्रकाश दर्नालले बताए । यी पाषणकालिन प्रमााणहरु राष्ट्रिय संग्रहालय र केही लुम्बिनी स्थित बौद्ध संग्राहलयमा बाकस बन्द गरी राखिएको छ ।
मुस्ताङ्गका गुफामा मानव सभ्यताको अध्ययन गर्न गएको जर्मन र नेपालको पुरातत्व विभागका पुरातत्वविदले विस २०५० को दशकमा सात वर्ष लगाएर मुस्ताङका विभिन्न गुफाको अध्ययनले ढुङ्गेयुगदेखी प्रयोगमा आएका यी गुफा १८ औं शताब्दीसम्मा यहाँका मानिस बस्ने गरेका थिए ।
टोलीले मुक्तिनाथको पारी मेद्राक पहाडको गुफामा फेला पारेको मानव शवको डिएनए परिक्षण गर्दा दुई हजार चार सय १४ बर्ष पुरानो भएको पुष्टी भएको अनुसन्नधानमा संलग्न मध्य एक संस्कृति तथा पुरातत्वविद् डा.मदन रिमालले बताए ।
‘म संलग्न भै अध्ययन, अन्वेषण गरिएको एउटा गुफा मुक्तिनाथ मुनी झारकोट पारीको गुफामा भेटिएका मानव कंकाल नै तीन हजार बर्षभन्दा पुराना थिए । गुफा अझ धेरै पुरानो हो । पुरातात्वीक महत्व राख्ने मुस्ताङका गुफा, गुम्बा र दरवारको पुरा योजनावद्ध अध्ययन भएकै छैन’ संस्कृति तथा पुरातत्वविद डा. रिमालले सुनाए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
