FLASH NEWS
  • Loading...

कुमारी सहकारी बचत अपचलन अभियाेगमा पाँच जना पूर्व पदाधिकारीलाइ पुर्पक्षकालागी थुनामा राख्न अादेश, बर्तमान अध्यक्ष फरार

  • पुनहिल डट कम
  • १७ घण्टा अघि
  • १११ पटक पढिएको
कुमारी सहकारी बचत अपचलन अभियाेगमा पाँच जना पूर्व पदाधिकारीलाइ पुर्पक्षकालागी थुनामा राख्न अादेश, बर्तमान अध्यक्ष फरार

कुुमारी बहुउद्देश्यीय सहकारी संस्थामा बचत अपचलन अभियाेग लागेका पूर्व संञ्चालक समिति अध्यक्ष मनप्रसाद थजाली, उपाध्यक्ष राजकुमार थापा, पूर्व प्रवन्धक रूद्र गुरूङसमेत ५ जना पदाधिकारीहरूलाइ पुर्पक्षकागाली थुनामा राख्न जिल्ला अदालत न्यायाधिस प्रकाशप्रसाद पण्डितकले बुधवार अादेश गरेका छन ।
साेही सहकारीमा बचत अपचलन अभियाेग लागेका माअाेवादी केन्द्रका जिल्ला सदस्य एवं मंगला गापा, ३ का वडाध्यक्ष समेत रहेका वर्तमान अध्यक्ष याम राेका समेत अन्य १९ जना भने फरार छन । उनीहरू विरूद्ध पक्राउ पुर्जी जारी गर्न अादेश भएकाे छ ।

थुनछेक बहसमा प्रतिबादीका तर्फबाट बहस गरेका वकिलहरुले धरौटीमा धुनामुक्त गर्न माग गरेपनि बादीका तर्फबाट बहस गरेका सरकारी वकिलले अभियोग मागदावि अनुसार तत्कालै थुुनामा राखेर थप अनुुसंधान गर्नुुपर्ने माग गरेका थिए । त्यसैगरि सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीको आर्थिक कारोबारलाई १५ दिनभित्र सूचारु गरि अदालतमा जानकारी गराउन समेत सहकारीका नाममा आदेश भएको अदालतका सूचना अधिकारी पौडेलले बताए ।
सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दावी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो ।