FLASH NEWS
  • Loading...

नेपाल-चीन ३१ नम्बर पिलर रहेकाे ठाउँमा के बन्याे यस्ताे ?

  • पुनहिल डट कम
  • १७ घण्टा अघि
  • ८९ पटक पढिएको
नेपाल-चीन ३१ नम्बर पिलर रहेकाे ठाउँमा के बन्याे यस्ताे ?

हिमालपारीकाे जिल्ला लोमन्थाङ गाउँपालिका, २ साम्जोङ गाउँको सिरानमा पर्ने नेपाल–चीनबीचको ३१ नम्बर सीमास्तम्भ रहेको पाङलाक्मो डाँडामा दशगजा अतिक्रमणगरी चीनियाँले बनाएको टेलिकम्युनिकेसन टावर बनाएकाे छ । याे संरचना लाेमन्थाङ क्षेत्रबाट पनि देख्न सकिन्छ ।
नेपाल–चीन विचको उत्तरी नाकामध्यको एक कोरला नाकादेखी पूर्व तर्फ पर्ने यो सीमा स्तम्भमा निर्मित यी संरचना तल लोमन्थाङबाट समेत देख्न सकिन्छ । मुस्ताङको चीनसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले अर्न्तरष्ट्रिय सीमा जोडिएको छ । काेरला नाका २४ नं सीमास्तम्भमा रहेकाे स्थानमा पर्छ ।

काेरलानाकादेखी पश्चिम तर्फ मुस्ताङ हिमश्रृखला अर्न्तगतका छुआमा पीक, चुङ्गेन चाङ्गमा, घ्युन हिमाल मनसयल पूर्व र काेरला नाकादेखी दक्षिणपुर्व दामोदरकुण्ड हिमश्रृखलामा पर्ने यारसाङ खाङ, लुनाधार खाङ समेतका हिमालले नेपाल-चीन विच सीमाकाे काम गरेका छन ।