- Loading...
म्याग्दीका लक्षित सवै किसोरीले लगाए एचपीभी खोप
- घनश्याम खड्का
- १ हप्ता अघि
- १०३ पटक पढिएको

म्याग्दीका सवै लक्षित कक्षा ६–१० सम्म अध्ययनरत र विद्यालय पहुँच वाहिरका १०–१४ बर्ष उमेर समुहका सतप्रतिशत किसोरीहरुले एचपीभी नामक भाईरस विरुद्धको खोप लगाएका छन ।
प्रदेश जनश्वास्थ्य कार्यालय म्याग्दीले उपलब्ध गराएको तथ्याङ्क अनुसार माघ २२ देखी २९ गतेसम्म संञ्चालन गरिएको अभियानमा अन्नपूर्ण गाउँपालिकाका ३ सय ९७ जना, रघुगंगा गाउँपालिकामा ५ सय २ जना, धवलागिरी गापामा ६ सय ७ जना, मालिका गापामा ८ सय ६ जना, मंगला गापाका ५ सय ७२ जना र बेनी नगरपालिका भित्रका १ हजार ९ सय १० जनागरी ४ हजार ७ सय ९४ जना किसोरीहरुले एचपीभी नामक भाईरस विरुद्धको खोप पाएका हुन ।
कार्यालयका जनश्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले खोप पाउनेमध्य बेनी नगरपालिकामा एक जना किसोरी सामान्य विरामी परेकी बाहेक जिल्लाभर खोप अभियान सहज र सफलरुपमा सम्पन्न भएको छ ।
प्रदेश जनश्वास्थ्य कार्यालय म्याग्दीका तथ्याङ्क अनुसार चालु आवको पुस मसान्तसम्म जिल्लाका ६ सय ४४ जना महिलाको पाठेघरको मुखको एचपीभी स्क्रीनिङ गर्दा ३६ जनामा एचपीभी संक्रमण भेटिएको थियो । यीमध्य ४ जनालाइ पाठेघरको मुखको क्यान्सर भैसकेको भेटिएको थियो । श्वास्थ्य कार्यालय प्रमुख ठकुराठीका अनुसार गत आवमा २८ जनामा एचपीभी भाईरस संक्रमण भेटिएकोमा १६ जनामा पाठेघरको मुखको क्यान्सर भैसकेको भेटिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
