FLASH NEWS
  • Loading...

म्याग्दीका माओवादीले संयुक्त ‘जनयुद्ध’ दिवस मनाउने

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ११९ पटक पढिएको
म्याग्दीका माओवादीले संयुक्त ‘जनयुद्ध’ दिवस मनाउने

म्याग्दीका माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् ।
बेनी स्थित नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाको पार्टी कार्यालयमा बुधबार दुई पार्टीले पत्रकार सम्मेलन गरेर फागुन १ गते म्याग्दीमा दुइ माअाेवादी पार्टीले संयुक्त ‘जनयुद्ध’ दिवस मनाउन लागेको जानकारी गराएका हुन् । कार्यक्रममा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य गाेविन्द पाैडेलकाे पनि उपस्थिती थियाे ।
तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते शसस्त्र विद्राेह ‘जनयुद्ध’ शुरु गरेको थियो । माओवादी घटक दलहरुले हरेक वर्ष फागुन १ गतेलाई छुट्टा÷छुट्टै जनयुद्ध दिवसको रुपमा मनाउदै आएकाेमा यस वर्ष म्याग्दीमा मात्र संयुक्त रूपमा दिवस मनाउन लागेकाे नेकपाका पाेलिटब्यूराे सदस्य ध्रुव घिमिरे (राजन सी)ले जानकारी दिए ।
जनक्रान्तिले जनताले अपेक्षा गरेकाे र हामीले जनतालाइ भने जस्ताे ब्यवस्था ल्याउन असफल रहेपनि सामन्तवादकाे अन्त्य, गणतन्त्रकाे स्थापना, समानुपातिक प्रणाली कार्यान्वयन गरेकाे उल्लेख गर्दै माअाेवादीका कार्यकर्तामा अाफुलाइ ठुलाे ठान्ने, जनताकाे सेवन नठान्ने, विचाैलिया, दलाल पुँजीपति प्रतिकाे अाकर्षित हुने र अात्मनिर्भर बन्न नखाेज्ने प्रवित्ति हावी भएकाे दावी गरे । नेता घिमिरेले जनयुद्धकाे लिगेसी पुस्तान्त्रण गर्न जनयुद्ध दिवस मनाउनु पर्ने उल्लेख गर्दै अव नया शैली र स्वरूपमा माअाेवादी अान्दाेलन उठाउनु पर्ने बताए ।
दिवसकाे अवसरमा फागुन १ गते दिउँसो नेकपा माओवादी केन्द्रको महारानीथान स्थित पार्टी कार्यालयमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान, शहिदको तस्विरमा माल्र्यापण र बिहिबार साँझ बेनीको सहिद चोकमा दिप प्रज्वलन कार्यक्रम गरिने माअाेवादी केन्द्रका जिल्ला संयाेजक शेरबहादुर केसीले बताए ।