FLASH NEWS
  • Loading...

म्याग्दी होटल तथा रेष्टुरेन्ट संघमा ललिन्द्र थापा

  • पुनहिल डट कम
  • ३ दिन अघि
  • २६८ पटक पढिएको
म्याग्दी होटल तथा रेष्टुरेन्ट संघमा ललिन्द्र थापा

म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको ११ औं साधारण सभा तथा ६ औं अधिवेशनबाट ललिन्द्र थापा मगर निर्विरोध अध्यक्ष चयन भएका छन ।
शनिवार बेनी नगरपालिका, ६ चुत्रेनीमा सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा नीलकुमार थापा (सरोज), सचिवमा इश्वर भण्डारी, सहसचिवमा दुर्गालाल कंडेल, कोषाध्यक्षमा मना तुलाचन, सहकोषाध्यक्षमा नौमती गर्वुजा पुन चयन भएका छन ।

त्यसैगरी अधिवेशसनबाट संघको सदस्यहरुमा क्रमश : शिसम श्रेष्ठ, प्रोजन घिमिरे, कुमारी गुरुङ, भुपेन्द्र वुढाथोकी समेत १३ सदस्यीय जिल्ला समिति निर्विरोध चयन भएको नवनिर्वाचित अध्यक्ष ललिन्द्र थापाले बताए ।