- Loading...
तरूण दल म्याग्दीले फागुनमा प्रदेश क्षेत्र क र ख मा भलिवल प्रतियाेगिता गर्दै
- घनश्याम खड्का
- १८ घण्टा अघि
- १५९ पटक पढिएको
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले फागुनमा प्रदेश निर्वाचन क्षेत्र क र ख मा छुट्टाछुटटै वडा स्तरिय तरुण कप पुरूष भलिबल प्रतियोगिता अायाेजना गर्ने भएकाे छ ।
तरूण दल म्याग्दीले विहिवार पत्रकार सम्मेलन गरी प्रदेश क्षेत्र ख काे अागामी फागुन ७–९ गतेसम्म मालिका गाउँपालिकाकाे केन्द्र रहेकाे दरवाङमा र क काे फागुन १४–१६ गतेसम्म अन्नपुर्ण गाउँपालिका, ४ नारच्याङमा पुरूष भलिवल प्रतियाेगिता संञ्चालन गर्ने जनाएकाे छ ।
त्यसैगरी क्षेत्र क नारच्याङमा जिल्लाका सवै पालिका सहभागी हुने पालिका स्तरिय महिला भलिवल प्रतियाेगिता पनि संञ्चालन हुने तरूण दल म्याग्दीले जनाएकाे छ ।
प्रदेश ख मा हुने प्रतियाेगितामा तीन पालिकाका १९ वडाहरू र क्षेत्र क अन्तरगत बेनी नगरपालिका समेत तीन पालिका अन्तर्गतका २६ वडाहरू प्रतियाेगितामा भाग लिने अायाेजकले अपेक्षा गरेकाे छ ।
तरूण दलका कार्यवाहक अध्यक्ष श्रीप्रसाद राेकाका अनुसार दुबै पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजर १११, ट्रफी, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।
त्यस्तै पालिका स्तरिय महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले नगद ७७ हजार ७७७ र द्धितिय हुनेले नगद ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पुरस्कार ब्यवस्था गरिएकाे छ ।
जिल्लाकाे सर्वाधिक लाेकप्रीय खेल भलिवल प्रतियाेगिता मार्फत निस्कृय झै बनेकाे तरूण दललाइ सकृय बनाउने, युवाहरूलाइ तरूण दलमा संगठित गर्ने र सम्बन्ध विस्तार गर्ने र भलिवल खेल मार्फत खेल प्रतिभाकाे विकास गर्ने उद्देश्यले भलिवल प्रतियाेगिता अायाेजना गरेकाे तरूण दलका सचिव सुमन बानियाँले बताए ।