FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाका १८ सयबढी किसाेरीलाई एचपिभी भाइरस विरूद्ध खोप लगाईदै

  • पुनहिल डट कम
  • २ दिन अघि
  • १२६ पटक पढिएको
बेनी नगरपालिकाका १८ सयबढी किसाेरीलाई एचपिभी भाइरस विरूद्ध खोप लगाईदै

बेनी नगरपालिकाले नगर क्षेत्र भित्रका १० देखी १४ बर्ष उमेर समुहका १ हजार ८ सय ६८ जना किसोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरको मुख्य कारक मानिएको हृयुमन पामिलोमा भाईरस (एचपिभी) विरुद्धको खोप लगाउने भएको छ ।
बेनी नगरपालिका श्वास्थ्य शाखाका अनुसार पालिका भित्रका कक्षा ६–१० सम्म अध्ययनरत १ हजार ८ सय ४७ जना र विद्यालयको पहुँचबाहिर रहेका २१ जनालाई माघ २२ देखी २८ गतेसम्म संञ्चालन गरिने अभियानमा एचपिभी खोप लगाउने तयारी भएको छ ।

‘एचपिभी खोप क्यान्सर विरुद्धको खोप हैन । वरु यो पाठेघरको मुखमा हुने क्यान्सर गराउने प्रमुख कारक हृयुमन पामिलोमा भाईरस (एचपिभी) नाम गरेको भाईरस विरुद्धको खोप हो । यो खोप लगाउँदा पाठेघरको मुखमा हुने क्यान्सर लाग्ने संभावना रहँदैन’ बेनी नगरपालिका श्वास्थ्य शाखाका जनश्वास्थ्य अधिकृत चन्दन सुवेदीले भने, ‘विश्व श्वास्थ्य संगठनले यो खोपलाई पुर्ण सुरक्षित रहेको भनी शिफारिस गरेको छ ।’
ॅएचपभिी’ खोप लाग िग्लोबल एलायन्स ९गाभी०को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरवरिुद्ध लगाइने ॅह्युमन पापलिोमा भाइरस’ ९एचपभिी० खोप ल्याएको छ।
ॅएचपभिी’ खोप लाग िग्लोबल एलायन्स’ ९गाभी०को सहयोगमा नेपाल आइपुगेको हो। सरकारले कशिोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २२ गतेबाट खोप अभयिान सञ्चालन गर्न थालेको छ।
ह्युमनपापलिोमा भाइरस सङ्क्रमण धेरै जनासँग असुरक्षति यौन सम्बन्ध राख्रदा ह्युमन पापलिोमा भाइरसके संक्रमणबाट हुने गर्दछ। नेपालमा सबभन्दा बढी महलिामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखनिे र त्यसपछी स्तन क्यान्सर रहेको छ।