- Loading...
१० वर्षमा फेरिएकाे कोरला नाका (भिडयाेसमेत)
- घनश्याम खड्का
- ३ दिन अघि
- ९३ पटक पढिएको
म्याग्दीको बेनी देखी एक सय ७६ किलोमिटर टाढाको कोरला नाका खुल्ने चर्चा चल्न थालेको दुई दशक पुग्यो । ०६१ भदौ १ गते पहिलो पटक घोडा चढेर कोरला नाका पुग्दा चीनले कच्ची सडक त बनाएको थियो तर अन्य संरचना थिएनन ।
सीमास्तम्भ एक्लै थियो । तारवार समेत गरिएको थिएन । नेपालपट्टी साविक छोसेर, लोमन्थाङ, चराङ र घमी गाविसले मानव जनशक्ती प्रयोग गरी ट्रयाक कोरलाबाट तल चराङ सम्म खन्दै थिए ।
०७१ चैतमा म दोस्रो पटक जीप चढेरै कोरला पुगें । बेनी–जोमसोम–कोरला ट्रयाक खुलेको थियो । नाकामा चीनले तारवार र सिसी क्यामेरा राखेर निगरानी बढाएको थियो । उल्लेख्य परिवर्तन भएको थिएन ।
०८१ कात्तिक अन्तिम साता अन्तिम पटक कोरला पुगें । यस पटक नेपालको उत्तरी छेउ उपल्लो मुस्ताङ्गको लोमन्थाङ गाउँपालिका, २ स्थित नेपाल–चीन विचको २४ नम्बर सीमास्तम्भ पारी गुल्जार थपिएको छ । चीनले पछिल्लो दश वर्ष (विस २०७१–८१)सम्ममा कोरलामा चीनले भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रवन्ध लगाएतका अध्यागमन कार्यालयको पछाडी सहर नै बसाई सकेछ रहेछ ।
(गृह मन्त्री रमेश लेखक काेरला भन्सार कार्यालय उद्घाटन गर्न ०८१ कात्तिक १४ गते काेरला पुग्दा उनकाे टिमका सदस्यले भिडयाेबाट खिचेर टिकटकमा राखेकाे भिडियाे ।)
गत कात्तिक १४ गते कोरला नाकामा नेपाली अध्यागमन कार्यालय उद्घाटन गर्न गएका गृहमन्त्री रमेश लेखकका सहयोगीले हेलिकोप्टरबाट खिचेको मोवाईल भिडियो दृश्यमा चीनपट्टी भब्य सहर बसाई सकेको देख्न सकिन्छ ।
कोरला नाकाबाट काउन्ट्र मुकाम झोम्बा जोड्ने मात्र होईन चीनले २४ नंम्बरको सीमा स्तम्भबाट पूर्व–पक्षिम अन्य सीमा स्तम्भहरुलाई कालोपत्रे सडकले जोडेको छ छ । कोरलादेखी पूर्व नेपाल–चीनविचको ३२ नंम्बर सीमास्तम्भ रहेको पाङलाक्मो डाँडामा चीनले दुरसंञ्चारसँग सम्बन्धित टावरसहितको संरचना समेत बनाएको छ ।
स्वतन्त्र दुई देश बीच दुवै देशको हितमा आधारित आवागमन सुविधाको ब्यवस्थित प्रणाली नाका हो । गण्डकी प्रदेशको ‘लाईफ लाईन मानिएको बेनी–जोमसोम–कोरला सडक कोरलामा सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ को सहायक झोम्बा काउन्ट्री सडकसँग जोडिएको छ ।
२० वर्षको अन्तरालमा म कम्तीमा ७ पटक कोरला पुगें । हरेक पटक कोरला नाकामा चीनले केही न केही नयाँ संरचना थपेको छ । पछिल्ला केही वर्षदेखी असोज–मंसिर र चैत–जेठको सिजनमा दैनिक ४ हजारबढी नेपाली कोरला नाका पुग्छन । कोरला नाकाको सीमापार भब्य संरचना बनेको र वारी भने सुनसान देख्दा कोरला पुग्नेहरुले २४ नम्बर पिलरमा उभिएर तस्वीर खिचाउने बाहेक सवैको एउटै गुनासो छ, ‘के रहेछर कोरला उही मन दुखाउने डाँडो मात्र’ ।
कोरलामा नेपालले पनि हालै चीनियाँ अध्यागमन/भन्सारको आमने–सामने हुनेगरी आफ्नै हैसियतको प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन/भन्सार तथा सुरक्षा पोष्ट स्थापना भएको छ । जनपद प्रहरी र शसस्त्र प्रहरी वलको कोरला नाकामा नियमित उपस्थिती हुने गरेको छ ।
पुस १३ गते शनिवार दिनभर कोरला क्षेत्रमा हिमपात भयो । चीनियाँ अध्यागमन/भन्सार कार्यालय खुल्ला रह्यो । नेपाली ब्यापारी कोरला नाकापारी हिउँ छिचोल्दै चिनियाँ बजार पुगेर सामान ल्याएर आए । तर दुभाग्य भनौं, नेपाली भन्सार कार्यालय भने मन्त्रीले उद्घाटन गरेकै भोटीपल्ट कात्तिक १५ गतेदेखी वन्द छ ।
‘अहिले कोरला स्थित नेपाली भन्सार कार्यालय बन्द छ । मन्त्रीले उद्घाटनगरी हेलिकोप्टरमा फर्केपछि कर्मचारीहरुले पनि कार्यालयको ढोकामा चावी लगाएर अव वैशाखमा फर्किन्छौ भन्दै घर फर्केका हुन’ उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोप्पेल विष्टले भने, ‘उता (चिनियाँ) भन्सार जाडो/गर्मीको निहुँमा कहिल्यै वन्द हुँदैन, यता हाम्रो यस्तै हो ।’
समुद्र सतहदेखी ४ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित सिल वोर्डर कोरोला नाका ०८० कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको मुस्ताङका तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाकाको औपचारिक उद्घाटन गरेका थिए ।
नेपाल–चीन वीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने खुल्ला भए पनि कोरोला नाकामा अहिले स्न १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकावासीले मात्र सीमा वारपार गरी सामान किनवेच गर्दै आएका छन ।
सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भैरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भैरहेको छ ।
कोरला नाकासँग जोडिन ५ नम्बर प्रदेशको वुटवल र ६ नम्बर प्रदेशको रुकुमबाट पस्ने मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर राजमार्ग भएर मालढुङ्गा जोडिएपछि म्याग्दी बेनीहुँदै कोरला नाका तर्फ उकालो लाग्छन ।