FLASH NEWS
  • Loading...

धौलागिरीमा मृत रसियन पर्यटकको शव संकलनगरी काठमाण्डौ लगियो

  • पुनहिल डट कम
  • २ दिन अघि
  • १८१ पटक पढिएको
धौलागिरीमा मृत रसियन पर्यटकको शव संकलनगरी काठमाण्डौ लगियो

धौलागिरी प्रथम हिमालको ७ हजार एक सय मिटर उचाईमा मृत भेटिएका ५ जना रसियन पर्यटकको शव संकलनगरी एयर लिफ्टगरी काठमाण्डौ लगिएको छ ।
सात प्लस उचाईको भिरालो र अप्ठ्यारो स्थानमा अड्केको कारण विभिन्न कम्पनीका हेलिकोप्टर ल्याण्डगरी शव झिक्न संभव नभएपछि सेभेन समिटका संञ्चालक मिङ्मा शेर्पासहितको अनुभवी हिमाल आरोहण तथा उद्धारकर्ताहरुले डोरीको सहायतामा शव संकलनगरी वेस क्याम्पमा झारेका थिए ।
शेर्पाहरुको हिमाली उद्धारकर्ताहरुले पहिलो दिन धौलागिरीका क्याम्प टु बाट नयाँ बाटो पहिल्याउँदै दोस्रो दिन शव स्थलमा पुगेर संकलनगरी तल वेस क्याम्प ल्याउन सफल भएको थियो । संकलित शवलाई एयर अल्टिच्युटको हेलिकोप्टरबाट काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले बताए । संकलित शवहरु काठमाण्डौ स्थित टिचिङ अस्पताल लगिने भएको छ ।
उनीहरु असोज २० गते राती ११ बजेदेखी सम्पर्क विहीन बनेका थिए । धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्सज्याण्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टीकोभ भाल्दमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको टिम एउटै क्लाईम्बिङ रोव (हिमाल चढ्ने डोरी)मा बाँधिएर एक साथ हिमाल आरोहण सुरु गरेका थिए ।
सहयोगी र अतिरिक्त अक्सिजन विना आरोहणमा निक्लेको यो समुहले एउटै डोरीमा बाँधिएर पहिलोले अगाडी रोव फिक्स गर्ने (डोरी गाड्ने) क्रमशः दोस्रो, तेस्रो माथी चढ्दै डोरी गाड्दै त्यही डोरीमा झुण्डीएर माथी चढ्दै थिए । ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरीको चुचुरोमा पुग्नु भन्दा एक सय ६७ मिटर तल पुगेपछि उनीहरु थाकेको वा अगाडीको डोरी राम्रोसँग नगाडिएकाले उक्किएर सवै एकसाथ खसेको हुन सक्ने आरोहण गाईडहरुले अनुमान गरेका छन ।
विभागका अनुसार धौलागिरी आराोहणकालागी १४ जना रसियन आरोही सम्मिलित टोली मध्य ८ जना र ६ जनाको दुई टोली बनाई आरोहण सुरु गरेको थियो । आरोहण समुहकै पहिलो टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्कीले धौलागिरीको सफल आरोहण गरेका थिए । दोस्रो समुहका ६ जनाले धौलागिरी हिमालको टुप्पो नजिक पुगेपछि दुर्घटनामा परेको थियो । ६ जनामध्यपनि एक जना थाकेर हिंड्न नसकेपछि समुहको डोरी छुटाएर एक्लै तल फर्केका थिए । जो घाईते अवस्थामा उद्धार गरिएको छ ।
हिमालहरुको अति भिरालो भूगोल हुने र उचाईमा मानिसहरुले भार बोक्न सक्ने क्षमतामा हस अउने भएकोले शव उठाउन निक्कै कठिन हुन्छ । अहिले भेटिएका पर्यटकको शव अझ अप्ठ्यारो स्थानमा अड्केकोले शव ल्याउन थप समस्या भएको हो ।