FLASH NEWS
  • Loading...

बाग्लुङमा बाबुले भीरबाट खसालेर छोराको हत्या गरे

  • पुनहिल डट कम
  • २ दिन अघि
  • ७३ पटक पढिएको
बाग्लुङमा बाबुले भीरबाट खसालेर छोराको हत्या गरे

बागलुङकाे ताराखाेलाका एक बावुले अाफ्ना ६ वर्षीय छोरालाई भीरबाट खसालेर हत्या गरेका छन् ।
मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।
उनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले बताए ।
हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।