- Loading...
श्रीमतिसँग सम्बन्ध विच्छेद माग्दै लोग्नेहरु
- पुनहिल डट कम
- ५ साल अघि
- ३६० पटक पढिएको
म्याग्दी, ९ साउन ।
मुलुकी देवानी संहिताले पत्नीसंग सम्बन्ध विच्छेदकालागी सजिलो बनेपछि अदालत पुग्ने लोग्ने (पुरुष)हरुको संख्या हृवात्तै बढेको छ ।
सम्बन्ध विच्छेदका लागी पत्नीहरु मात्र अदालत पुग्ने गरेकोमा वर्ष ०७५/०७६ भदौदेखी मुलुकी देवानी संहिता लागुभएपछि ३३ जना पतिले जिल्ला अदालतमा पत्नीलाई प्रतिवादी बनाई सम्बन्ध विच्छेदको फिदार दायर गरे । जिल्ला अदालतको अभिलेख अनुसार गत बर्ष दर्ता भएका १ सय ७२ थान सम्बन्ध विच्छेदका मुद्धा मध्य ३३ थान मुद्धा पतिहरुले पत्नि विरुद्ध फिराद गरे । १ सय २३ जना पत्निहरुले पतिसँग बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेद गरी पाउन फिराद लिएर अदालत पुगे ।
संहिता कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेदका फिराद लिएर अदालत आउने पति (पुरुष)ले मुलुकी देवानी (संहिता) ऐनको धारा ९४ अनुसार ‘पत्निले पतिको मञ्जुरी नलिई लगातार ३ बर्षदेखी अलग बसेमा, पत्निले पतिलाई खान लगाउन नदिएमा, अङ्गभङ्गगरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन राखेको ठहरेमा’ पत्नीको मञ्जुरी विना सम्बन्ध विच्छेद गर्न पाईने ब्यवस्था गरेको छ ।
‘गत बर्ष पत्निसँग सम्बन्ध विच्छेद माग्दै ३३ जना पति (पुरुष)ले अदालतमा फिराद गरे । यो संख्या म्याग्दी अदालतको रेकर्ड हो’ जिल्ला अदालतको मुद्धा दायरी शाखाकी डिठ्ठा अम्बिका शर्माले भनिन, ‘सम्बन्ध विच्छेद माग्दै प्रायः सवै ‘पतिहरु’ले आफुले विदेशबाट पठाएको सम्पत्ति श्रीमतिले हिनामिना पारेको, ३ बर्षदेखी घर नबसेको र छोराछोरीको रेखदेख नगरेको’ साझा अभियोग लगाएका छन ।’
विच्छेदको फिरादमा केही पत्नीहरुले ‘पति घर नहुँदा परिवारले विभिन्न आरोप लगाएको र पतिले पनि अरुको कुरा सुनेर वास्तविकता नवुझि आवेगमा सम्बन्ध विच्छेद मागेको’ प्रतिउत्तर गरेपछि अदालतले ‘वादी–प्रतिवादी’ एकै ठाउँमा राखी ‘मन माझ्न’ लगाउँदा ‘मेलमिलाप’ गरे ।
त्यसैगरी मुलुकी देवानी (संहिता) ऐनको धारा ९५ मा ‘पतिले पत्नीको मञ्जुरी नलिई लगातार ३ वा बढी बर्षदेखी अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा, अङ्गभङ्गगरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विहे गरेमा, पतिले अन्य महिलासँग यौन राखेको ठहरेमा र पतिले पत्नीलाई जर्वजस्ती करणी गरेको ठहरेमा’ सम्बन्ध विच्छेद गर्न पाईने ब्यवस्था गरेको छ ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका समेत ०७५/०७६ मा सम्बन्ध विच्छेदका १ सय ७२ थान मुद्धा दर्ता भएकामा मेलमिलाप तथा फैसलापछि अहिले फर्यौट हुन ४५ थान मुद्धा बाँकी छन । बालविबाह, बैदेशिक रोजगारीले पारिवारिक ‘यौन अविश्वास’ बृद्धीहुँदा कलिलै उमेरमा सम्बन्ध विच्छेदका घट्ना पनि बढाएको तथ्य उजागर गरेको छ । जिल्ला अदालतको अभिलेख अनुसार सम्बन्ध विच्छेदका घट्ना बर्षेनी बढ्दै गैरहेको छ ।
तथ्याङ्ढ अनुसार ०७४/०७५ मा १ सय ३८ थान मुद्धा रहेकोमा गत आवमा बढेर एक सय ७२ पुग्यो । ०७३/०७४ मा १ सय २७ थान, ०७२/०७३ मा १ सय २० थान, ०७१/०७२ मा १ सय १४ थान, ०७०/०७१ मा १ सय ९ थान, ०६९/०७० मा ४७ थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । तथ्याङ्ढले बर्षेनी सम्बन्ध विच्छेदका घट्ना बढी रहेको देखिएको छ । सम्बन्ध विच्छेद गराउनेमा १६–२७ बर्ष उमुर समुहका युवा/युवती बढी छन ।
‘अधिकांश सम्बन्ध विच्छेदमा विप्रेषणको प्रभाव परेको देखिन्छ । जैविक आवश्यकताको सही ब्यवस्थापन नहुँदा पनि सम्बन्ध विच्छेदको घट्ना बढेका छन’ श्रेष्तेदार खिलप्रसाद वुर्लाकोटीले भने, ‘हरके बर्ष सम्बन्ध विच्छेद, विवाहबदर र नाताकायमका मुद्धा संख्या बढ्दै गएका छन ।’
बालविबाह, मेलाजात्रा तथा खुल्ला संस्कृति र रोजगारीकालागी अधिकाँश युवा पुरुषहरु विदेश हिँडेपछि बुहारी र परिवार विच अविश्वास बढ्दो छ । वैदेशिक रोजगारी र विप्रेषण रकम नै सम्बन्ध विच्छेदको मुख्य कारण भएपनि अधिकांश मुद्धामा सामान्य खानलाउन नदिएको, कुटपिट गरेको, वेवास्ता गरेको कारण देखाईएको हुन्छ । दसीप्रमाण आवश्यक भएकोले अदालतमा वादी वा प्रतिवादीले फिराद र प्रतिउत्तरमा चरित्र हत्या हुने शब्दावली प्रयोग हुँदैनन । अधिवक्ताहरुले पनि लेख्दैनन् ।
‘प्रायः सवै सम्बन्ध विच्छेदको मुद्धाको खास कारण पर पुरुष/स्त्री यौन सम्बन्ध नै हुन्छन । तर यौन प्रमाण नहुनेहुँदा उल्टो गालीवेईजती मुद्धा लाग्ने भएकोले अदालतमा जाहेरी लेख्दा यी कुरा लेख्न मिल्दैन’ अधिवक्ता ठहरबहादुर भण्डारीले भने, ‘वैदेशिक रोजागरीले थोरै विप्रेषण भित्रिएपनि हाम्रो कृषी प्रणाली ध्वस्त भएको छ । समाजिक, सांस्कृतिक मुल्यमान्यता भत्केका छन ।’
सम्बन्ध विच्छेदले दुई दाम्पत्य जिवन छुट्टीएको मात्र छैन, उनीहरुमा आश्रित धेरै बालबालिकाहरु अलपत्र परेका छन । बाबु आमा विच सम्बन्ध विछोड भएका बालबालिकाको संरक्षणको भार बृद्धबाबु आमामाथी परेको छ । सम्बन्ध विच्छेदका मुद्धा बढ्दै जाँदा बाबुआमाको संरक्षणमा हुर्कनु पर्ने धेरै वालबालिकाले वर्षेनी संरक्षकत्व गुमाएका छन । बाबुआमाको सम्बन्ध विच्छेदपछि बृद्ध बाजेबजैको संरक्षकत्वमा पुगेका बालबालिकाहरु बाबुआमा भएर पनि ‘टुहुरा झै’ भए । उनीहरुमा मनोवैज्ञानिक असर परेको छ । यस्ता बालबालिकाहरु लागुऔषधको संगतमा पर्ने जोखिम पनि छ ।
‘सम्बन्ध विच्छेदको मुद्धामा अदालतले फैसला गर्दा नावालक भए स्वतः आमासँग, उमेर पुगेका बालबालिका भए बाबु वा आमाको संरक्षकत्वमा रहन्छ भन्ने विश्वास राख्छ । वालबालिको संरक्षणको अधिकार बारे अभिभावकलाई सचेत पनि गर्छौं’ न्यायाधिस राजकुमार कोईरालाले भने, ‘तर बाहिर ब्यवहारिक जिवनमा बालबालिकाले दुःख पाएको देखिन्छ ।’